२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

रविको राहदानी विवाद माथिको सुनुवाइ न्यायाधीश हरि फुँयालको इजलासमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुन लागेको छ ।

आज न्यायाधीस हरि फुँयालको एकल इजलासमा सुनुवाइ हुन लागेको हो । मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा पेशी परे पनि न्यायाधीस सिन्हाले हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको थियो । यसअघि संवैधानिक इजलासमा रविकै नागरिकताको विषयमा फैसलामा सहभागी भएका कारण सिन्हाले हेर्न नमिल्नेमा परेको थियो ।

युवराज पौडेल (सफल)ले दिएको रिटमा लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको अभियोगमा मुद्दा चलाउन नपर्ने भनी महान्यायाधिवक्ताले गरेको निर्णय दुराग्रहपूर्ण रहेको जिकिर गरिएको छ ।

महान्यायाधिवक्ता दिनमणि पोखरेलले यही चैत ६ गते राहदानी विवादमा लामिछानेमाथि मुद्दा चलाउन नपर्ने निर्णय गरेका थिए । रिट निवेदक पौडेलले सो निर्णय उत्प्रेषणको आदेशले बदरहुनुपर्ने माग गरेका छन् । उनले लामिछानेले झुटा विवरण दिएर राहदानी बनाएको दाबी गर्दै उनीउपर मुद्दा चलाउन परमादेश माग गरेका छन् ।

पौडेलले महान्यायाधिवक्ता कार्यालयका साथै जिल्ला प्रहरी परिसर काठमाडौं, अध्यागमन विभाग, प्रहरी प्रधान कार्यालय, रवि लामिछाने सहित ८ व्यक्ति र संस्थालाई विपक्षी बनाएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ११ : ०५ बजे

विश्वकप लिग-२ को अन्तिम खेल आज : नेपाल र ओमान आमनेसामने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान

व्यवसायी शेखर गोल्छा पुनः पक्राउ

काठमाडौं । व्यवसायी शेखर गोल्छा पुनः पक्राउ परेका छन् ।

कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज

जनमत पार्टीद्वारा मधेस सरकारबाट समर्थन फिर्ता

जनकपुर । जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

रुपन्देही । सीमावर्ती भारतीय बजारबाट बिना भन्सार सामान भित्र्याउने कार्यलाई