१६ असार २०८३, मंगलबार | June 30, 2026

आईपीएल : पञ्जावको लगातार दोस्रो जित,राजस्थान पराजित



काठमाडौं । इन्डियन प्रमियर लिग (आईपीएल)मा पञ्चाव किंग्सले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार भएको खेलमा पञ्चावले राजस्थान रोयल्समाथि ५ रनको रोमाञ्चक जित निकाल्यो ।

गुवाहटीमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्चाजवले २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो । पञ्चावविरुद्ध जितका लागि १९८ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १९२ रन मात्रै बनाउन सक्यो ।

१९ ओभर सकिँदासम्म राजस्थानलाई जितका लागि १६ रन आवश्यक थियो । तर पञ्चावका साम कुरानले अन्तिम ओभरमा १ विकेट लिँदै १० रन मात्र खर्चिए । पञ्जावका लागि नाथन एलिसले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए। यस्तै, अर्शदिप सिंहले २ विकेट लिए ।

राजस्थानका लागि कप्तान नसन्जु सामसनले ४२ रन बनाए २५ बलमा ५ चौका र १ छक्का प्रहार गरेका सामसन अर्धशतक बनाउन चुके । १८ बल खेलेका शिमरोन हेतमायरले ३६ रन बनाए । ध्रुव जुरेलले ३२ रन बनाए ।

पञ्चावका लागि कप्तान शिखर धवन र प्रबसिमरन सिंहले उत्कृष्ठ ब्याटिङ गरे। कप्तान धवनले ५६ बलमा ८६ रन बनाए भने प्रबसिमरनले ३४ बलमा ६० रन बनाए । यस्तै, जिते शर्माले २७ तथा मसूद शाहरुख खानले ११ रन बनाए ।

पञ्चावविरुद्ध राजस्थानका ज्यासन होल्डरले २ तथा रविचन्द्रन आश्विन र युजभेन्द्र चहलले समान १-१ विकेट लिए ।

लगातार २ वटा खेलमा जित निकालेको गुजरात जायन्ट्स ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने पञ्चाव पनि समान ४ अंकका साथ दोस्रो स्थानमा छ । राजस्थान भने २ अंकका साथ चौथो स्थानमा छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहिबार  ८ : ०२ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल , ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी