२९ मंसिर २०८२, सोमबार | December 15, 2025

भारतमा कोरोना संक्रमित बढे पछि प्रदेश स्वास्थ्य मन्त्रीहरूको आकस्मिक बैठक



नयाँदिल्ली । भारतमा कोरोना संक्रमितको संख्या बढे पछि केन्द्रिय स्वास्थ्य मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्री डा मनसुख मण्डवियाले देशमा कोभिड मामिलाको बृद्धि भएको भन्दै आज सबै राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरूसँग समीक्षा गरी बैठक आब्हान गरेका हुन् ।

स्वास्थ्य राज्यमन्त्री भारती प्रवीण पवारका अनुसार कोभिड नियन्त्रणका लागि केन्द्र सरकारले नियमित रूपमा राज्य र केन्द्र शासित प्रदेशहरूमार्फत कोभिड सम्बन्धी दिशानिर्देशहरू जारी गरिसकेको छ । ‘प्रधानमन्त्रीले कोभिडमा सबै राज्यहरूसँग समीक्षा गर्न निर्देशन दिनु भएको छ’ उनले भने । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशन पछि आज स्वास्थ्यमन्त्री मण्डवियाले राज्य र केन्द्र शासित प्रदेशका स्वास्थ्य मन्त्रीहरूसँग समीक्षा बैठक गर्न लागेका हुन ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा बिहीबार ५ हजार ३ सय ३५ नयाँ कोरोना संक्रमित थपिएका छन्, जुन पछिल्लो १९५ दिनमा सबैभन्दा धेरै हो। बिहीबार देशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ५८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ९ : ५४ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार