३१ असार २०८३, बुधबार | July 15, 2026

बिमामार्फत पाउने आर्थिक सहायता लिन बिचौलियाको भर नपर्न अनुरोध



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने आर्थिक सहायता लिन कसेले पनि बिचौलियाको भर नपर्न अनुरोध गरेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता डण्डुराज घिमिरेद्धारा आज जारी विज्ञप्तिमार्फत वैदेशिक रोजगारीमा ज्यान गुमाएका मृतक श्रमिकका परिवारले वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने रकम पछिल्लो समय बिचौलियाले ठगी गर्ने गरेको भन्दै बोर्ड र बिमामार्फत पाउने रकम लिन कसैको पनि भर तथा दबाबमा नपर्न अनुरोध गरिएको हो ।

वैदेशिक रोजगारीमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई बिचौलियाले अनावश्यक हस्तक्षेप गर्दा पाउनु पर्ने पुरा रकम परिवारका सदस्यले नपाएको गुनासो बढेको र यदि कोही कसैले त्यस्तो प्रलोभनमा पारेर ठगी गरेमा मन्त्रालयमा सिधै जानकारी गराउनसमेत उक्त विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

“विदेशबाट शवसँग आएका कागजातसहित मृत्यु दर्ताको प्रमाणपत्र, पालिकाको सिफारिस लगायतका कागजात आवश्यक पर्छ, यी कागज आफ्नो पालिकाबाट सहजै बनाउन सकिन्छ, तर पनि केही बिचौलियाहरुले अनावश्यक हस्तक्षेप गर्ने, श्रमिकका परिवारलाई विभिन्न बहानामा सहयोग गरेको जस्तो गरेर पनि रकम ठगी गर्ने प्रवृत्ति बढ्दो रहेको र श्रमिक तथा निजका आफ्न्तहरुले अनावश्यक झन्झट एवंम् दुःख व्यहोर्नुपरेको र मर्का परेको भन्ने जस्ता खबरप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

यस्तो समस्या आफैँलाई परेमा वा नजिकका आफन्तले भोग्न परेमा निःशुल्क नम्बर १६६००१५०००५११४१, विदेशबाट अथवा सःशुल्क नम्बर ९७७१५९७०००८ वा भाइवर र इमोमा कल तथा म्यासेज ९८०१८०००१३, ९८५११८०९५९ नम्बरमा गर्न सकिने समेत मन्त्रालयले जनाएको छ ।

बिचौलियाले अनावश्यक हस्तक्षेप गर्ने, श्रमिकका परिवारलाई विभिन्न बहानामा सहयोग गरेको जस्तो गरेर पनि रकम ठगी गर्ने कार्यमा कोही संलग्न भए वा यस्तो कार्य गरेमा कडा कारवाही गर्ने मन्त्रालयले चेतावनीसमेत दिएको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको रोजगारीकै सिलसिलामा श्रम स्वीकृतिको अवधि सकिएको एक वर्षभित्र कोही कसैको ज्यान गएमा वैदेशिक रोजगार बोर्डले रु सात लाख र म्यादी जीवन बिमाबाट रु १४ लाख गरी रु २१ लाखसम्मको रकम श्रमिक वा निजका श्रीमती वा निजका एकाघरको नाताको खातामा स्वतः स्थानान्तरण गर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

यस्तो आर्थिक सहायताका लागि आफ्नो पालिकाको सिफारिसमा पालिकाबाटै बोर्डमा निवेदन पठाउन मिल्ने जनाइएको छ । साथै श्रम स्वीकृतिको अवधि सकिएको एक वर्षपछि कोही श्रमिकको रोजगारीको सिलसिलामा ज्यान गएमा बोर्डले मृतक परिवारलाई एकमुष्ट रु २५ हजार उपलब्ध गराउने गरेको छ । यो आर्थिक सहायता लिन कोही कसैलाई भनसुन गर्न नपर्नेसमेत मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरी आजै सार्वजनिक गरेको थियो ।

 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ९ : १० बजे

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनी खोलामा पक्की मोटरेबल

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

लमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर

वन्यजन्तुका लागि भुल्के छोक्ला सामुदायिक वनमा पोखरी निर्माण

भोजपुर । वन्यजन्तुको संरक्षण र पानीको अभाव कम गर्ने उद्देश्यले

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ । बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना