३१ असार २०८३, बुधबार | July 15, 2026

हाेटल तथा रेष्टुरेन्ट व्यवसायी संघकाे अध्यक्षमा भण्डारी निर्वाचित



बुटवल । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्ष पदमा लेखनाथ भण्डारी निर्वाचित भएका छन् । अध्यक्ष निर्वाचित भण्डारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी बावुराम गाैतम भन्दा ९८ बढी मत पाएका छन् ।

अध्यक्ष पदमा निर्वाचित भण्डारीले ५५० मत पाउदा गाैतमले ४५२मत पाए । संघकाे नेतृत्वको लागि बावुराम गाैतम र लेखनाथ भण्डारीले अलग अलग प्यानल बनाएर उम्मेदवारी दिएका थिए । निवर्तमान कार्यसमितिमा भण्डारी प्रथम उपाध्यक्ष थिए भने गाैतम वरिष्ठ उपाध्यक्ष थिए ।

संघकाे वरिस्ठ उपाध्यक्ष पदमा माधव कुमार खनाल, पर्यटन उपाध्यक्षमा राेमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा टंक प्रसाद पराजुली (प्रकाश) द्वितीय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई ,महासचिवमा अर्जुन थापा, सचिवमा थमन बहादुर भण्डारी, सहसचिवमा माेहन बस्याल र सह काेषाध्यक्षमा माधव ढकाल निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा भने रामबहादुर न्यौपाने यश अघि नै निर्विरोध निर्वाचित भईसकेका छन् ।

महासचिवमा निर्वाचित अर्जुन थापा, प्रथम उपाध्यक्षमा निर्वाचित प्रेम प्रसाद भट्टराई, सचिव थम्मन भण्डारी र सहसचिवमा निर्वाचित अर्जुन पाेखरेल लेखनाथ भण्डारी प्यानलबाट उम्मेदवार बनेका थिए ।

त्यसैगरी सदस्यहरुमा भने एक जना सदस्य बाहेक १० सिट बावुराम गाैतम प्यानलले जितेको छ । मतगणनाकाे अन्तिम परिणाम अनुसार सदस्य पदमा धनकुमारी शर्मा, एक बहादुर गाहा मगर, केशवराज पाण्डे, एकदेव पाण्डे, कमला पाण्डे, दामाेदर पाैडेल, नारायण प्रसाद श्रेष्ठ, बाबुराम अर्याल, मुरारी पाण्डेय, यज्ञमुर्ति भण्डारी, सिता ढकाल र सुन्दर कुमार श्रेष्ठ विजयी भएका छन् ।

२०५६ सालमा स्थापना भएको संघमा हाल रुपन्देहीका १ हजार २ सय ३ व्यवसायी आवद्ध रहेकाेमा १०७० जनाले मतदानमा भाग लिएका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  १२ : ५७ बजे

फ्रान्सलाई २-० ले हराउँदै स्पेन विश्वकप फाइनलमा

काठमाडौं । स्पेनले फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

सुकुमवासी समस्या : सार्वजनिक महत्वको प्रस्ताव लैजान कांग्रेस संसदीय दललाई आग्रह

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई