२६ बैशाख २०८१, बुधबार | May 8, 2024

काठमाडौं महानगरसँग संवाद गर्न सरकारलाई गगन थापाको सुझाव



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौं महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा थापाले कुनै विलम्ब र आग्रह नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिए ।

“सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस् जुनजुन विषय अहिले सल्टाउनुपर्ने हो सल्ट्याइयोस् जायज माग पूरा गरियोस्”, उनले भने । उनले काठमाडौंका जनप्रतिनिधिलाई यस प्रक्रियामा सम्मिलित गराउन समेत आग्रह गरे ।

काठमाडौं महानगरलाई व्यवस्थित बनाउने आफ्नो योजनामा सङ्घीय सरकारले पर्याप्त सहयोग नगरेको भन्दै कामपाले सिंहदरबारलगायत स्थानबाट फोहर उठाएको छैन । “काठमाडौँंमहानगरापालिकासँग देखिएको टकरावलाई सम्बोधन गर्न आजै प्रधानमन्त्रीले पहलकदमी लिएर कामपासँग संवाद गरियोस्, यो विषय टुङ्ग्याइयोस्, सँगसँगै यो विषय अहिले टुङ्गियो भनेर यतिकै नछाडियोस्, सङ्घीय सरकारले बनाउनुपर्ने कानुन संसद्मा ल्याइयोस् । हामी काम गर्न तयार छौँ”, उनले भने ।

बागदरबार र सिंहदरबारबीच टकराव देखिएको भन्दै उनले भने, “स्थानीय सरकारले आफ्नो असहमति प्रकट गर्दै गर्दा अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाइ गराउने शैली, भाषा, लवज ठीक कि बेठिक यो विषयमा बहस गरौँला ।”

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  २ : ०० बजे

चक्रपथमा मनै लोभ्याउने जाकाराण्डा फूल

ललितपुर । ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको

१६ देशका कर प्रशासक र विज्ञ नेपालमा

काठमाडौं । आन्तरिक राजश्वको प्रभावकारी कार्यान्यवनको क्षेत्रमा सहकार्य गर्दै आएको

झलनाथले एकीकृत समाजवादी पार्टी फुटाउन खोजेको भन्ने हल्ला गलत : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक-थ्रू

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुसुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय

शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल

दाङ । दाङको घोराही उपमहानगरपालिका-२ रामपुर निवासी ३४ वर्षीय गोपाल