३१ असार २०८३, बुधबार | July 15, 2026

उपनिर्वाचनका लागि मतदाता शिक्षा स्वयंसेवक तालिम



काठमाडौं । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयंसेवक तालिम सञ्चालन गरेको छ ।

बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रभित्र पर्ने स्थानीय तहमा प्रतिवडा दुईजना मतदाता शिक्षा स्वयम्सेवक तयार गर्ने गरी यही चैत २७ र २८ गते तालिम सञ्चालन भएको हो ।

तालिमको उद्घाटन तनहुँ निर्वाचन क्षेत्र नं १ मा निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधर, चितवन निर्वाचन क्षेत्र नं २ मा आयोगका सचिव गोकर्णमणि दुवाडी र बारा निर्वाचन क्षेत्र नं २ मा उपसचिव सूर्यप्रसाद अर्यालले गरेका थिए ।

निर्वाचन हुने एक साता अघिदेखि सात दिनसम्म ती मतदाता शिक्षा स्वयम्सेवकले मतदातालाई सहीरूपमा मत सङ्केत गर्ने तरिकाबारे जानकारी दिनेछन् । उनीहरूलाई सम्बन्धित पालिकाले दैनिक रु एक हजार भत्ता दिनेछन् ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १२ : ०३ बजे

प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्ष दलको बिरोध

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि प्रतिपक्षी दलहरूले बिरोध जनाएका

लुम्बिनी प्रदेशमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत प्रदेश तथा स्थानीय शासन सवलीकरण

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा

बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी

बुटवल । बुटवलमा टीभिएस मोटर कम्पनीले नयाँ टीभिएस अपाचे आरटीआर

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा