७ पुस २०८२, सोमबार | December 23, 2025

बैंकको ब्याजदर घटाउन सरकारका सबै अंगसँग छलफल जारी छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउन सरकार संवेदनशील रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ब्याजदर घटाउन सरकारले सबै अंगसँग छलफल गरिरहेको बताएका हुन् ।

प्रचण्डले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै नयाँ बजेटले राजस्व संकलन बढाउने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने उपाय खोज्ने व्यक्त गरे । उनले भने, ‘हामी बैंक ब्याजदर कम गर्ने र राजश्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगसँग घनिभुत छलफलमा छौँ ।’ नयाँ आर्थिक वर्षको बजेट तथा नीति निर्माणमा केही ठूला, नयाँ र गुणात्मक योजना अघि बढाउने तयारीमा रहेको जनाए ।

प्रधानमन्त्री प्रचण्डले सरकारले राजश्व संकलन, रेमिट्यान्स र अन्य अर्थतन्त्रका सूचकहरुलाई कसरी समाधान गर्ने भन्ने बारेमा जोड दिइरहेको बताए । उनले आफुले सरकारको नेतृत्व गरेयताको तीन महिनामा विदेशी मुद्रा सञ्चिति उत्साहजनक रहेको दाबी गरे । ११ महिना पुग्ने विदेशी सञ्चिती रहेको उनले जनाए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १ : २८ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत