२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

बैंकको ब्याजदर घटाउन सरकारका सबै अंगसँग छलफल जारी छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर घटाउन सरकार संवेदनशील रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ब्याजदर घटाउन सरकारले सबै अंगसँग छलफल गरिरहेको बताएका हुन् ।

प्रचण्डले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै नयाँ बजेटले राजस्व संकलन बढाउने र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने उपाय खोज्ने व्यक्त गरे । उनले भने, ‘हामी बैंक ब्याजदर कम गर्ने र राजश्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगसँग घनिभुत छलफलमा छौँ ।’ नयाँ आर्थिक वर्षको बजेट तथा नीति निर्माणमा केही ठूला, नयाँ र गुणात्मक योजना अघि बढाउने तयारीमा रहेको जनाए ।

प्रधानमन्त्री प्रचण्डले सरकारले राजश्व संकलन, रेमिट्यान्स र अन्य अर्थतन्त्रका सूचकहरुलाई कसरी समाधान गर्ने भन्ने बारेमा जोड दिइरहेको बताए । उनले आफुले सरकारको नेतृत्व गरेयताको तीन महिनामा विदेशी मुद्रा सञ्चिति उत्साहजनक रहेको दाबी गरे । ११ महिना पुग्ने विदेशी सञ्चिती रहेको उनले जनाए ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १ : २८ बजे

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न विज्ञानमन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र

कैलालीको गोदावरीमा बगेर दुई महिलाको मृत्यु

कैलाली । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको छ

करका दर हेरफेर आर्थिक अपराध हो, संसदीय छानबिन हुनुपर्छ : वर्षमान पुन

काठमाडौं । करका दर हेरफेर प्रकरणलाई लिएर विपक्षी दलहरूले शुक्रबार

तोलामा पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीको कति

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

मनै लोभ्याउने ‘माइपोखरी’

फिक्कल । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ