६ पुस २०८२, आइतबार | December 21, 2025

जलवायु परियोजनामा सामेल हुने चवालीस देशको चाहना



वासिङ्टन । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले जलवायु परिर्वतनसम्बन्धी आईएमएफको ४० अर्ब अमेरिकी डलरको रिजिलेन्स एण्ड सस्टेनेबिलिटी ट्रष्ट (आरएसटी) का परियोजनामा सहभागी हुने चाहना विश्वका ४४ देशले गरेका बताएका छन ।

एक वर्षअघि स्थापना भएको आरएसटीले कम आय भएका तथा कमजोर मध्यम आय भएका देशलाई आर्थिक सहयोग प्रदान गरी जलवायु परिवर्तनजस्ता प्रणालीगत जोखिम सामना गर्दै दिगो आर्थिक नीति प्रवद्र्धनको लक्ष्य लिएको छ । आरएसटीले मानव सृजित हरितगृह ग्यास उत्सर्जनलाई शून्यमा झार्न निर्धन देशका निम्ति सहयोगको उक्त कोष स्थापना गरेको हो ।

प्रबन्ध निर्देशक जर्जिएभाका अनुसार रुवाण्डा, बार्बाडोस, कोस्टारिका, बङ्गलादेश र जमैकाले कोषबाट सहयोग प्राप्त गर्न सम्झौता गरेका छन् । उदीयमान बजार र अर्थतन्त्रमा निजी लगानीका अवरोध हटाउन मद्दत गर्ने उक्त कोष आफैमा जलवायु सङ्कट समाधान नभए पनि त्यसले केही योगदान गर्ने उनले बताएका छन ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १ : ५३ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको