१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

इडन इङ्गलिस बोर्डिङ स्कूलमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण



बुटवल । बुटवल-११ नहरपुरमा रहेको इडन इङ्गलिस बोर्डिङ स्कूलले मंगलबार नतिजा प्रकाशन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शैक्षिक सत्र २०७९ मा उकृष्ट अंकल ल्याई उत्तिर्ण भएका कक्षा नर्शरीदेखि २ सम्मका विद्यार्थीलाई पुरस्कार वितरण गरेको हो ।

सो अवसरमा बोल्दै नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले कितावि ज्ञानसँगै अब व्यवहारिक र सामाजिक शिक्षामा समेत विद्यार्थीलाई जोड दिनुपर्ने बताए । विद्यार्थी भित्रका प्रतिभालाई प्रस्फुटन गर्नका लागि वातावरण सिर्जना गर्ने काम विद्यालयको बताएको बताउँदै उनले इडन स्कूलले उक्त दायित्व पूरा गरिरहेकोप्रति आभार व्यक्त गरे । विद्यालयले मात्रै बालबालिकालाई जीवनका सबै शिक्षा सिकाउने नभई माध्यममात्र भएकाले घरबाट नै अभिभावकहरुले आफ्ना नानीबाबुका बारेमा सचेत हुनुपर्नेमा जोड दिए । शैक्षिक विकासका लागि नीजि शैक्षिक संस्थाहरुले पुर्याएको योगदानलाई राज्यले पनि सम्मान गर्नुपर्ने उनले उल्लेख गरे । कार्यक्रमा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए ।

१ हजार बढी विद्यार्थी रहेको इडन स्कुलले विद्यार्थीहरुलाई नयाँ शैक्षिक सत्रका लागि शुभकामना व्यक्त गरेको छ । विद्यालयका प्राचर्या शिवहरी भट्टराईले शैक्षिक गतिविधिसँगै विभिन् खेलकूद गतिविधिहरुमा समेत इडनले उत्कृष्ट नतिजाहरु प्राप्त गर्दै आएको दाबी गरे । केही समयअघि सम्पन्न क्रिकेट प्रतियोगिताको छनोटमा समेत यो विद्यालयमा ५ जना विद्यार्थी छनोट हुन सफल भएको बताउँदै उनले नगर, जिल्ला तथा प्रदेश स्तरमा हुने खेल गतिविधिहरुमा सहभागिता रहँदै आएको उल्लेख गरे । कार्यक्रममा उपस्थित अभिभावक, विद्यार्थी, अतिथी लगायतलाई स्वागत गर्दै विद्यालयका उप–प्राचार्य जगत पौडेलले बालबालिकालाई खेल्दै सिक्दैको वातावरण इडनले उपलब्ध गराएको दाबी गरे । पाठ्यक्रम बाहेक व्यवहारिक र सामाजिक ज्ञान सीप प्रदान गरेर समाजका लागि उदाहरणीय र सक्षम नागरिक निर्माण विद्यालयको मुख्य उद्देश्य रहेको उनले बताए ।

विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक कुशल बस्यालको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न खेल गतिविधिमा सहभागई भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान गरिएको थियो । यसैगरी विद्यार्थीहरुले तयार पारेका सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो । विद्यालय बुधबार कक्षा ३ देखि ९ सम्मका विद्यार्थीको नतिजा प्रकाशन, पुरस्कार तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ६ : ३७ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’