९ चैत्र २०८२, सोमबार | March 24, 2026

बुटवल कालिकापथमा हाकाहाकी लुटपाट गर्ने २ जना पक्राउ



बुटवल । बुटवलको कालिकापथमा हाकाहाकी पैदलयात्रीमाथि लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । २ जना युवालाई मंगलबार बिहान पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पक्राउ पर्नेमा बुटवल–७ स्थायी घर भई हाल देवदह–१० बस्ने २७ वर्षीय दर्पण थापा र पाल्पाको माथागढी–१ घर भएका २२ वर्षीय आकाश सारु रहेका छन् ।

प्रहरीका अनुसार लु ९२ प ५६८३ नम्वरको स्कुटरमा आएका उनीहरुले बुटवलको कालिकानगर स्थित शिवालय मन्दिर नजिकै कामबाट घर फर्किदै गरेका पैदलयात्री दुर्गा बहादुर गुरुङलाई डर त्रास देखाउँदै उनको साथबाट रेड्मी नोट प्रो मोबाइल र नगद ४ हजार ५ सय लुटपाट गरेका थिए । पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ९ : ०६ बजे

भूमि आयोगद्वारा नेपालगन्जमा जग्गा नापजाँच सुरु

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज

मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण छवटा उडान रद्द

काठमाडौँ । मध्यपूर्व क्षेत्रमा हवाई क्षेत्र प्रतिबन्धका कारण आज त्रिभुवन

रास्वपाले बोलायो केन्दीय समितिको बैठक, संसदीयदलको नेता चयन गर्ने एजेण्डा

काठमाडौं । जननिर्वाचित नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र

कर्तव्य ज्यान मुद्दाका बाल बिज्याईकर्ता पक्राउ

बुटवल । गत चैत्र ३ गते बीभत्स तरिकाले हत्या गरिएकी

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११