२ पुस २०८२, बुधबार | December 18, 2025

बुटवल कालिकापथमा हाकाहाकी लुटपाट गर्ने २ जना पक्राउ



बुटवल । बुटवलको कालिकापथमा हाकाहाकी पैदलयात्रीमाथि लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । २ जना युवालाई मंगलबार बिहान पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पक्राउ पर्नेमा बुटवल–७ स्थायी घर भई हाल देवदह–१० बस्ने २७ वर्षीय दर्पण थापा र पाल्पाको माथागढी–१ घर भएका २२ वर्षीय आकाश सारु रहेका छन् ।

प्रहरीका अनुसार लु ९२ प ५६८३ नम्वरको स्कुटरमा आएका उनीहरुले बुटवलको कालिकानगर स्थित शिवालय मन्दिर नजिकै कामबाट घर फर्किदै गरेका पैदलयात्री दुर्गा बहादुर गुरुङलाई डर त्रास देखाउँदै उनको साथबाट रेड्मी नोट प्रो मोबाइल र नगद ४ हजार ५ सय लुटपाट गरेका थिए । पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ९ : ०६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल