९ पुस २०८२, बुधबार | December 24, 2025

कैलालीबाट १५ जना जुवाडे पक्राउ



धनगढी । कैलालीबाट प्रहरीले १५ जुवाडेलाई पक्राउ गरेको छ । टिकापुर नगरपालिका-१ ब्लक नं. १४ का खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले जुवाको खालबाट ३१ हजार ६९५ रुपैयाँसहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका १४ वस्ने वर्ष ४६ का खडक बहादुर शाही, १४ वस्ने वर्ष ५६ का उदय राब ढुङगाना, दौलतपुरका वर्ष ५३ का सूर्य बहादुर कालुङमगर, वडा नम्बर १ का वर्ष ५६ का बिक्रम बहादुर खड्का र सोही वडाका वर्ष ३२ का प्रेम देउवा रहेका छन् ।

त्यस्तै सोही ठाउँकै वडा नम्बर १ का वर्ष ६८ का दील प्रसाद शेरचनले सञ्चालन गरेको ३ तले न्यु ब्रान्च होटलमा जुवाको खालबाट १ लाख १४ हजार ९५ सहित १० जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।

कैलाली टिकापुर नगरपालिका १ वस्ने वर्ष ६८ को दिल प्रसाद शेरचन, वर्ष ६६ का टंक बहादुर रावल, वर्ष ४९ को देब बहादुर रावल, वर्ष ६३ को चक्रकान्त तिमिल्सेना, ५३ वर्षका हमाल, ४८ वर्षका नरेश रावल, ५३ वर्षका हस्त बहादुर शाही, ५० वर्षका दल बहादुर साँउद, ५८ वर्षका हिरालाल कोईराला र ६३ वर्षका लोक बहादुर साँउद रहेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ७ : २७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना