२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

बालेनले फेरि पोखे आक्रोश : सिंहदरबार र संघीय राजधानी काठमाडौंबाहिर सार्न चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र संघीय सरकारबीचको द्वन्द्व झन बढेकोछ ।

आफुले राखेको १४ बुँदे माग पुरा नभएसम्म सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने चेतावनी दिएका शाहले संघीय राजधानी नै काठमाडौंबाट सार्न चेतावनी दिएका छन् ।

बालेनकै निर्देशनमा चारदिनदेखि दुई मुख्य क्षेत्रको फोहोर उठन् सकेको छैन । मेयर शाहले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार नै अन्त सार्न चेतावनी दिएका हुन् ।

बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्। हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्।

शाहले काठमाडौंलाई राजनीति नचाहिएको जिकिर गर्दै आफूहरूलाई सम्पदा, संस्कृति, कला र सभ्यता चाहिएको बताएका छन् ।
यसअघि शाहले गत शनिबार सिंहदरबारमा बस्ने नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  १ : १० बजे

निजामती कर्मचारीको ट्रेड युनियन खारेज विरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजामती सेवामा दलीय ट्रेड युनियन खारेज

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी

नेप्से परिसूचक चार अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार

काभ्रेको बुच्चाकोटमा यात्रु बस दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुवाहक

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३