२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

फ्राइडे रिलिज : दयाहाङका ‘जारी’, ‘बिहे पास’ एकै दिन, सँगै ‘बुलाकी’ पनि प्रदर्शन



काठमाडौं । नयाँ वर्षको अवसर पारेर आज (वैशाख १ गते) तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘जारी’, ‘बिहे पास’ र ‘बुलाकी’ नयाँ वर्षको अवसर पारेर एकसाथ रिलिज भएका हुन् ।

तीनवटा चलचित्रमा सबैभन्दा धेरै शो ‘जारी’ले पाएको छ । क्यूएफएक्समा ‘जारी’ले ८२ शो पाएको छ । ‘बिहे पास’ले ३३ शो पाएको छ । बुलाकी’ले सबैभन्दा कम ११ शो पाएको छ ।

अन्य मल्टिप्लेक्समा पनि करिब-करिब क्यूएफएक्सकै अनुपातमा शो बाँडफाँट गरिएको छ । तीनवटा मध्ये उच्च बुकिङ ‘जारी’मा देखिएको छ ।

क्यूएफएक्समा ‘जारी’को १२ वटा शो शोल्ड आउट हुँदा ५० शो फिलिङ फाष्टमा गएका छन् । जारीको शो शोल्ड आउट हुने र फिलिङ फाष्ट हुँदा यसको शो पनि क्रमशः थपिने क्रम जारी छ । ‘बिहे पास’को तीनवटा शो फिलिङ फाष्टमा गएका छन् ।

‘जारी’ उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको चलचित्र हो । यसमा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् । ‘बिहे पास’ प्रवेश पौडेलले निर्देशन गरेको चलचित्र हो । दयाहाङ राई र प्रकृति श्रेष्ठ यसका मुख्य कलाकार हुन् ।

‘बुलाकी’ लक्ष्मण सुनारले निर्देशन गरेको चलचित्र हो । सुरक्षा पन्त र नरेन खड्का मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ७ : २१ बजे

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,