२ पुस २०८२, बुधबार | December 17, 2025

नयाँ वर्षमा सुशासनको नयाँ आयामको अनुभूति गर्न पाइयोस् : पूर्वअध्यक्ष रेग्मी



काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षमा जनताले नवीन दृष्टिकोण, नयाँ मार्गचित्रका साथ विकास, समृद्धि र सुशासनको नयाँ आयामको अनुभूति गर्न पाउन भन्ने शुभकामना व्यक्त गरेका छन ।

नव वर्ष २०८० को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उनले नयाँ वर्ष सुख र समृद्धिको अनुभूति हुने तथा यस्तै विषय पढ्ने र सुन्न पाउने अवसर प्राप्त होस् भनी सबैमा शुभकामना व्यक्त गरेका हुन । उनले सन्देशमा भनेका छन, “समयमै नीतिगत र कार्यक्रमिक रूपले कार्यान्वयन योग्य ठोस कदम चाल्न सकिएन भने अबको बाटो कता तिर भन्ने अहंम प्रश्न खडा हुन्छ । यसले जनसाधारणमा निराशा र आक्रोश बढ्न थाल्दछ ।”

चुनौती व्यवस्थापन गर्दै देश र जनताको लागि नेतृत्वदायी अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने सरकारको दायित्व रहेको शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन । पूर्वअध्यक्ष रेग्मीले राजनीतिक दल र नेतृत्ववर्ग हाम्रो प्रणालीमा मुख्य अवयव भएकाले राज्यले समस्या देखाउने र हेर्ने नभई समाधान दिनेतर्फ ध्यान पु¥याउनुपर्छ भने ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ७ : ३७ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन