१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

नेपाली नयाँवर्षलाई ‘ब्राण्ड’ बनाउन भन्दै पौवाले मनायो शुभारम्भ नेपाली नयाँवर्ष साँझ



बुटवल । नेपाली नयाँवर्षलाई प्रवर्द्धन गर्ने उद्देश्यले होटल पौवाले आफ्ना २ वटा शाखामा नयाँवर्ष विशेष साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ । पौवाको भैरहवा र बुटवल शाखामा विशेष नयाँवर्ष शुभारम्भ साँझ गरेर पौवाले नेपाली नयाँवर्षलाई स्वागत गरेको हो ।

भैरहवामा आयोजित शुभारम्भ २०८० साँझमा आधुनिक संगीतका चर्चित कलाकार शिव परियार र प्रकश दुतराजले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए । शिव परियारले धोकेवाज हौ तिमी, धोकेबाज हौ तिमी…..गाउँदा कार्यक्रम उपस्थित दर्शकहरुले गरेको हुटिङले महौल तताएको थियो । उनले पिउँदिन भन्दा भन्दै पिलायो साथीले…., सुन्छु तिमिले मलाई छाड्नै आँटेकी छेउरे….., आँसुको अर्थ…, बाटो मोडेर…तिम्रै निम्ती सहितका गीत प्रस्तुत गरेका थिए भने प्रकाश दुतराजले घर त कता हो बैनीको…., जाम भो माईली रेलैमा…., चोली मैलै भो…, मन भुल्छ….., बैनी झ्यालैमा लगायतका गीत प्रस्तुत गरेका थिए ।

यता बुटवलको कार्यक्रममा चर्चित क्लासिकल गायीका कुन्ति मोक्तानले पहाडकी छोरी हुँ म भीरमा पनि…., खुट्टा तान्दै गर…, चोली राम्रो पाल्पाली ढाकाको…, सुनकै भाउ छ सुन्तोला बारिको सहित दर्जन बढी गीत प्रस्तुत गरेकी थिइन् । बुटवलमा राजनराज शिवाकोटीले सुर्के थैली.. कुटुमा कुटु सुपारी दाना…, चरि च्याट्ट दारी….लगायतका गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गायक अख्तर अली सहित स्थानीय कलाकारहरुबाट नेपाली कला र संस्कृतिमा आधारित नृत्यहरु प्रस्तुत गरेका थिए । भैरहवाको कार्यक्रमको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तयाक अहमद खानले र बुटवलको कार्यक्रम तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले पानसमा दिप प्रज्वलन गरेर शुभारम्भ गरेका थिए । मध्यराती १२ बजे आतिसबाजी सहित नयाँवर्षलाई स्वागत गरिएको थियो ।

नेपाली हस्पिटालिटीको आरम्भ गरेको दाबी गरेको पौवाले नेपाली नयाँवर्ष मनाउने आफ्नो अतिथि तथा ग्राहकहरुलाई लक्षीत गर्दै नेपाली नयाँवर्ष शुभारम्भ साँझ कार्यक्रम गरिएको पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए ।

पौवाले नेपालमा मनाइने हरेक चाढपर्वहरुलाई विशेष अवसर बनाएर ग्राहकहरुलाई रिती अनुसारको परिकार पस्किँदै आएको छ । पौवाका नेपालभर ११ वटा शाखा संचालनमा रहेका छन् भने आजबाट काठमाडौंमा १२ औ शाखाले सेवा दिन सुरु गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  १० : ५२ बजे

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष

रास्वपा सांसद खरेलको ‘तमासा’  अभिव्यक्ति हटाउन नेकपाको माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौं । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,