४ पुस २०८२, शुक्रबार | December 20, 2025

नेपाली नयाँवर्षलाई ‘ब्राण्ड’ बनाउन भन्दै पौवाले मनायो शुभारम्भ नेपाली नयाँवर्ष साँझ



बुटवल । नेपाली नयाँवर्षलाई प्रवर्द्धन गर्ने उद्देश्यले होटल पौवाले आफ्ना २ वटा शाखामा नयाँवर्ष विशेष साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ । पौवाको भैरहवा र बुटवल शाखामा विशेष नयाँवर्ष शुभारम्भ साँझ गरेर पौवाले नेपाली नयाँवर्षलाई स्वागत गरेको हो ।

भैरहवामा आयोजित शुभारम्भ २०८० साँझमा आधुनिक संगीतका चर्चित कलाकार शिव परियार र प्रकश दुतराजले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए । शिव परियारले धोकेवाज हौ तिमी, धोकेबाज हौ तिमी…..गाउँदा कार्यक्रम उपस्थित दर्शकहरुले गरेको हुटिङले महौल तताएको थियो । उनले पिउँदिन भन्दा भन्दै पिलायो साथीले…., सुन्छु तिमिले मलाई छाड्नै आँटेकी छेउरे….., आँसुको अर्थ…, बाटो मोडेर…तिम्रै निम्ती सहितका गीत प्रस्तुत गरेका थिए भने प्रकाश दुतराजले घर त कता हो बैनीको…., जाम भो माईली रेलैमा…., चोली मैलै भो…, मन भुल्छ….., बैनी झ्यालैमा लगायतका गीत प्रस्तुत गरेका थिए ।

यता बुटवलको कार्यक्रममा चर्चित क्लासिकल गायीका कुन्ति मोक्तानले पहाडकी छोरी हुँ म भीरमा पनि…., खुट्टा तान्दै गर…, चोली राम्रो पाल्पाली ढाकाको…, सुनकै भाउ छ सुन्तोला बारिको सहित दर्जन बढी गीत प्रस्तुत गरेकी थिइन् । बुटवलमा राजनराज शिवाकोटीले सुर्के थैली.. कुटुमा कुटु सुपारी दाना…, चरि च्याट्ट दारी….लगायतका गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गायक अख्तर अली सहित स्थानीय कलाकारहरुबाट नेपाली कला र संस्कृतिमा आधारित नृत्यहरु प्रस्तुत गरेका थिए । भैरहवाको कार्यक्रमको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तयाक अहमद खानले र बुटवलको कार्यक्रम तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले पानसमा दिप प्रज्वलन गरेर शुभारम्भ गरेका थिए । मध्यराती १२ बजे आतिसबाजी सहित नयाँवर्षलाई स्वागत गरिएको थियो ।

नेपाली हस्पिटालिटीको आरम्भ गरेको दाबी गरेको पौवाले नेपाली नयाँवर्ष मनाउने आफ्नो अतिथि तथा ग्राहकहरुलाई लक्षीत गर्दै नेपाली नयाँवर्ष शुभारम्भ साँझ कार्यक्रम गरिएको पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए ।

पौवाले नेपालमा मनाइने हरेक चाढपर्वहरुलाई विशेष अवसर बनाएर ग्राहकहरुलाई रिती अनुसारको परिकार पस्किँदै आएको छ । पौवाका नेपालभर ११ वटा शाखा संचालनमा रहेका छन् भने आजबाट काठमाडौंमा १२ औ शाखाले सेवा दिन सुरु गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  १० : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको