बुटवल । पाल्पाको तिनाउ–३ झुम्सामा अवस्थित भुल खोलाले थप एक युवाको ज्यान लिएको छ । नयाँवर्ष मनाउन रुपन्देहीबाट भुतखोला पुगेका एक युवाको डुबेर मृत्यु भएको छ ।
नयाँ वर्ष मनाउन भन्दै शुक्रबार रुपन्देहीको भैरहवाबाट भुतखोला पोखरी हेर्न पुगेका सिद्धार्थनगर–१२ बेलहियाका अन्दाजी ३० वर्षीय शिवम जैशवालको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार विहान करिव साढे १० बजेको समयमा पोखरी हेर्न पुगेका शिवम ढुङ्गामा चिप्लिएर पोखरीमा खसेका थिए । साथीहरुसँगै घुम्न गएका उनलाई उद्दार गरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाने क्रममा बाटो मै मृत्यु भएको दोभान प्रहरीले जानकारी दिएको छ । अस्पताल पुगेसँगै चिकित्सकले मृत्यु घोषणा गरिदिएका थिए । घटना बारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय पर्यटकीय स्थलको रुपमा प्रचार प्रशार तथा संरचनाहरु निर्माण गरिएको भुतखोलामा केही समयअघि पश्चिम नवलपरासीका २४ वर्षीय अजिम पठानको डुबेर मृत्यु भएको थियो ।



















प्रतिक्रिया