१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पत्रकारहरुबाट राष्ट्रियताको सवालमा सशक्त कलम चल्न सकेन : मुख्यमन्त्री गिरी



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले मुलुकमा बिदेशी हस्तक्षेप बढेको र राष्ट्रियता संकटमा परेको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीको २४ औं साधारणसभाको बुटवलमा उदघाटन गर्दै मुख्यमन्त्री गिरीले राष्ट्रियता जोगाउनका लागि पत्रकारहरुले राष्ट्रियताका पक्षमा कलम चलाउनुपर्ने बेला आएको बताए ।

उनले नेपालका मिडिया र पत्रकारहरुले राष्ट्रियताको पक्षमा जसरी कलम चलाउनुपर्ने हो त्यो हुन नसकेको टिप्पणी गरे। नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत उचित प्रचार नभएको मुख्यमन्त्री गिरीले गुनासो गरे ।

मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनुपर्ने अन्यथा देशको राष्ट्रियता गुम्ने खतरा रहेको बताउँदै उनले अस्थिरताबाट फाइदा लिने शक्तिका विरुद्ध पनि कलम चलाउन आवश्यक रहेको बताए ।

बामपंथी दलहरु विभाजित हुंदा राष्ट्रियता कमजोर भएको र केही दलहरु वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थका लागि काम गरेको उनले आरोप लगाए । उनले संघीयता काम छैन भन्ने आवाज उठ्न थालेको औंल्याउंदै २ कार्यकाल पुरा नहुदै संघीयतालाई खराब भन्न नमिल्ने बताए ।

कार्यक्रममा नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, एमाले नेताहरु मोहन चापागाई, हितराज पन्थी, प्रेस चौतारीका अग्रज नेताहरु डिआर घिमिरे, शेरबहादुर केसी,इन्दिर अर्याल,प्रेस चौतारी केन्द्रीय सचिव प्रदीप आचार्य, प्रदेश महासचिव निरु गौतमलगायतले आआफ्ना धारणा राखेका थिए ।

साधारणसभामा जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले वार्षिक प्रतिवेदन,सचिव केशव भण्डारीले संगठनात्मक र कोषाध्यक्ष दिनेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सो अवसरमा प्रेस चौतारीका केन्द्रीय सदस्य टि.आर शर्माले जिल्ला शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा २५ हजार ५ सय २५ रुपैयांको चेक हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  २ : ५७ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले