२१ भदौ २०८३, आइतबार | September 7, 2026

कर्णालीमा कांग्रेस, माओवादी आठ मन्त्रालय बनाउने सहमति नजिक



सुर्खेत । माओवादी र कांग्रेसको सत्ता समिकरण भएसँगै कर्णालीमा फेरी आठ वटा मन्त्रालय बनाउने सहमति नजिक पुगेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमति अनुसार गठन भएको कर्णाली प्रदेश सरकारले सात ओटा मन्त्रालय कायम गर्ने निर्णय गरेको थियो । उक्त सहमतिको हनिमुन’ पिरियड नसकिँदै माओवादी र कांग्रेस बीचमा सहमतिपछि अगाडिको निर्णय उल्टिने निश्चित भएको छ ।

एमालेसँग माओवादीले चार बुँदे सहमतिमा कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय गाभ्ने उल्लेख थियो । कांग्रेसले सभामुख सहित तीन मन्त्रालय माग गर्दै आएको छ । स्रोतले दावी गरेअनुसार काँग्रेस र माओवादीमा भइरहेको छलफल यहि विषयमा केन्दीत रहेको बुझिएको छ ।

सोमबार प्रदेशसभाको बैठक बस्ने भएकोले विश्वासको मत सँगै सरकार विस्तार हुने सम्भावना बढेको छ । नेताहरु आज दिनभरी छलफलमा रहेका छन् । यही छलफलमा केन्द्रीत हुनुपर्ने भएका कारण जाजरकोटमा माओवादीको समिक्षा छाडेर प्रदेश इन्चार्ज कालिबहादुर मल्ल सुर्खेत आएका थिए । उर्जामन्त्री शक्ति बस्नेत समेत छलफलमा आउने भनिएपनि अन्तिममा आएर स्थगित भएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : २४ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त