९ असार २०८३, मंगलबार | June 23, 2026

किस्ता बुझाउने म्याद नदिएको भन्दै सेवाग्राहीले लगाए एनआईसी एसीया बैंकमा ताला



भैरहवा । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा अवस्थित एनआईसी एशिया बैंकमा तालाबन्दी भएको छ । बैंकले ज्यादती गरी करोडौंको सम्पत्ति नियतबस लिलामी प्रक्रियामा लगेको भन्दै सेवाग्राही र व्यवसायिकसंस्थाहरुले तालाबन्दी गरेका हुन् ।

स्थानीय पर्यटन तथा होटल व्यवसायी उमाशंकर मिश्राको होटल आकाशको भवन र पार्किङ रहेको करिब ४६ धुर तथा घर रहेको २० धुर जग्गा समयमा किस्ता नतिरेको भन्दै बैंकले लिलामी प्रक्रियामा लगेको छ । १५ करोड बढी मुल्य पर्ने जग्गा धितो लाखेर ४ करोड ऋण निकालेका मिश्राले २०७९ असोज मसान्तदेखि किस्ता नतिरेपछि बैंकले लिलामी प्रक्रियामा लैजान ताकेता गर्दै आएको थियो ।

आर्थिक संकटले किस्ता तिर्न नसकेका मिश्रालाई १० लाख बुझाएमा तत्कालका लागि लिलामी प्रक्रियामा नजाले र किस्ता तिर्न बैंकले केही समय उपलब्ध गराउने आश्वासन दिएर झुक्याएको पीडित बताउँछन् । मिश्राका अनुसार बैंकका म्यानेजर प्रविन रायमाझीले भने अनुसार नै उनले गत चैत्र २२ गते १० लाख रुपैयाँ लगेर रकम जम्मा गराए । त्यसको केही दिनपछि चैत्र २५ गते एनआइसी एसियाको क्षेत्रीय कार्यालय भैरहवा बोलाएर त्यहाँका प्रमुख तिलक सुन्दर कार्कीले थप ९ लाख बुझाउनु पर्ने नत्र लिलामी प्रक्रियामा जाने चेतावनी दिए । मिश्राले थप ९ लाख जोहो गर्नका लागि थप केही दिन समय मागे ।

केही दिनमा ९ लाख जम्मा गरेपछि केही दिनका लागि किस्ताको भाका सर्ने आशा लिएर घर फर्किएका उनलाई पुन बैंकले फोन गरेर भन्यो ‘९ लाखले पुग्दैन ३० लाख जम्मा गर्नुपर्छ नत्र लिलामी प्रक्रियामा जान्छौं ।’ उक्त रकम तत्काल जम्मा गर्न नसक्ने बताउँदै पीडित मिश्राले किस्ता तिर्ने भाका माग गरे । तर, बैंकले २०७९ सालको अन्तिम दिन चैत्र ३० गते नै लिलामी प्रक्रियाका लागि सूचना जारी गर्यो ।

आर्थिक संकटले व्यवसायी धरासायी भएको अवस्थामा यसरी बैंकले नियतबस नै जग्गा लिलामी प्रक्रियामा लैजाने तथा ज्यादती गरेपछि तालाबन्दी गर्नुपर्ने अवस्थामा पुगेको बताउँछन् उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली । आइतबार सेवाग्राहीले एनआईसी एसिया बैंकका लुम्बिनी शाखा अगाडि नाराबाजी सहित ज्यादतीको बिरोध गरेका थिए । बिरोध तथा तालाबन्दी कार्यक्रममा सिद्धार्थ होटल एशोसिएसन संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।

तालाबन्दीपछि बैंक प्रशासनले समस्या समाधानका लागि छलफल गर्न तयार रहेको भन्दै सोमबारका लागि समय दिएपछि ताला खोलिएको छ । घटना बारे बुझ्न खोज्दा बैंकका लुम्बिनी शाखाका म्यानेजर प्रविन रायमाझीले सोमबारको छलफल गर्ने भनि सहमति भएको बताउँदै अन्य कुरा खुलेर गरेनन् । बैंकले कानूनी प्रक्रिया अनुसार नै अघि बढेको बताउँदै उनले सोमबारको छलफलबाट समाधान निस्किने उल्लेख गरे ।

यसैगरी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले पनि नियम अनुसार नै बैंक अघि बढेको दाबी गरेका छन् । हाल आफू काठमाण्डौंमा रहेको बताउँदै उनले सोमबार रुपन्देही आएर छलफल गरी निष्कर्श निकाल्ने उल्लेख गरे ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ८ : ५४ बजे

सेनेगललाई हराउँदै नर्वेले गर्‍यो नकआउट चरण यात्रा तय

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा

मनसुन विस्तारसँगै अधिकांश क्षेत्रमा वर्षाको सम्भावना, केही ठाउँमा तातो लहर कायम

काठमाडौं । देशभर मनसुन विस्तार हुने क्रम जारी रहेसँगै अधिकांश

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको करिब आठ

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की । पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका

रास्वपाको बन्दसत्र आज सुरु हुँदै, प्रतिनिधि परिचयपत्र वितरण

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत