४ पुस २०८२, शुक्रबार | December 20, 2025

परराष्ट्रमन्त्री साउदलाई गैरआवासीय नेपाली सङ्घको बधाई



नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई गैरआवासीय नेपाली सङ्घको प्रतिनिधिमण्डलले भेटेर बधाई दिनुका साथै आठ बुँदे मागपत्र प्रस्तुत गरेको छ ।

सङ्घका कार्यकारी अध्यक्ष डा बद्री केसी र अर्का अध्यक्ष कुल आचार्यको नेतृत्वमा आइतबार मन्त्रालयमा पुगेको प्रतिनिधिमण्डलले नागरिकता, एनआरएन नियमावली परिमार्जन, नेपालमा लगानीका वातावरणलगायत विषयमा मन्त्री साउदको ध्यानार्कषण गराएको हो । सङ्घले गैरआवासीय नेपाली नागरिकता तथा लगानीका कानूनी प्रक्रियालगायत विषयमा सम्बोधनका लागि पहल गरिदिन हुन अनुरोध गरेको छ ।

सो अवसरमा युरोप क्षेत्रमा यही मे ५ देखि ७ सम्म चेक रिपब्लिकमा आयोजना हुने क्षेत्रीय बैठकमा प्रमुख आतिथ्यताका लागि मन्त्री साउदलाई निमन्त्रणा गरिएको र उनले उक्त बैठकलाई प्राथमिकतामा राखी सम्पर्कमा रहने समेत जानकारी दिएका थिए ।

भेटमा गैरआवासीय नेपाली सङ्घका सचिव गोविन्द गौतम, अमेरिका क्षेत्रका संयोजक राम पोखरेल, एनसीसी रसियाका अध्यक्ष शिवमणि भुर्तेललगायत भाषा साहित्य विभागका प्रमुख हिक्मत थापा, तेज शाह, नरेश कोइराला, रमेश पौडेल, रमेश दाहाल, भगवती बस्नेत, सरोज दाहाल, दीपक कर्ण, जीवन बम, देवेन्द्र भट्टराई तथा सचिवालयका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीको उपस्थिति थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ५ : ५९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको