२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

आगो निभाउने क्रममा वृद्ध घाइते, पाँच गोठ जले



गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा आगो निभाउने क्रममा एक वृद्ध घाइते भएका छन् । छत्रकोट–२ का ७१ वर्षीय सूर्यबहादुर रजाली आज आगो निभाउने क्रममा आगलागीमा परी घाइते भएका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक नीवनकुमार खड्काका अनुसार आगलागीबाट घाइते भएका रजालीको स्थानीय श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

छत्रकोटको ग्वाघा रानीवनदेखि लागेको आगोले छत्रकोट गाउँपालिका–२ डाङ्ग्रे बस्ने खीमा रजालीको दुई तले कच्ची गोठसमेत जलेर पूर्णरूपमा नष्ट भएको छ भने सोही ठाउँका दुर्गाबहादुर रजालीकोे गोठमा पनि आगलागी भएको छ । गोठमा आगलागी हुँदा एउटा बाख्रा जलेर मरेको छ ।

आगलागीबाट छत्रकोटकै स्थानीयवासी रुपा बलाल र कुलबहादुर रजालीको कच्ची गोठ जलेको सशस्त्र बलका प्रहरी नायब उपरीक्षक खड्काले बताए । आगलागी भएको जानकारी पाउनासाथ नेपाल प्रहरी र सशस्त्रको टोली तत्काल घटनास्थल पुगी स्थानीयवासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ । जिल्लाका अधिकांश वन क्षेत्रमा दिनहुँ आगलागीका घटना बढ्दै जान थालेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १० : १० बजे

शुक्रबारको तुलनामा सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ

दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित महेन्द्र शालिक नजिकै रहेको लिक्विड लाउन्ज

‘वी वान्ट क्लाइमेट जस्टिस’

काठमाडौँ, २२ कात्तिकः हाम्रा सेता हिमाल काला पत्थरमा परिणत हुँदैछन्

यु-१९ एसिया कप : युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

काठमाडौं । ओमानमा जारी एसिसी यु(१९ एसिया कप पुरुष क्रिकेट

दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले आयोजना गरेको दीपावली