३१ असार २०८३, बुधबार | July 16, 2026

प्रधानन्यायाधीश नियुक्तीमा सहमति नहुदाँ संबैधानिक परिषदको बैठक निष्कर्ष बिहिन



काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका लागि सिंहदरवारमा बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

सो बैठकका बारेमा जानकारी दिदैँ  राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय भने हुन नसकेको बताए । उनका अनुसार अर्को बैठक कहिले बस्छ, त्यो पनि टुंगो नभएको उनले जानकारी दिए ।

तत्कालिन प्रधानन्यायधिस चोलेन्द्रशमशेर राणाको महाअभियोगको क्रममा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छन् ।

कायममुकायम प्रधानन्यायधिस कार्कीलाई नै नियुक्ती गर्ने कि अरुलाई भन्ने बारेमा छलफल भए पनि अन्यको नाम भने सार्वजनिक गरिएको छैन । यद्धपी, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भए पछि पहिलो पटक संबैधानिक परिषदको बैठक बसेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना र उपप्रधान तथा कानुन मन्त्री पूर्णबहादुर खड्का सहभागी थिए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ११ : १० बजे

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही