७ श्रावण २०८३, बिहिबार | July 23, 2026

तनहुँबाट गोविन्द भट्टराई जिते मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड



तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ १ मा १० वैशाखमा हुने उपनिर्वाचन जिते गोविन्द भट्टराईलाई मन्त्री बनाउने बताएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस उम्मेदवार भट्टराई जिते मन्त्री बनाउने आश्वासन दिएका हुन् । यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने बताएको उल्लेख गर्दै त्यो भन्दा पनि ठूलो पदमा पुर्‍याएको दाबी गरे ।

‘केन्द्रमै हाम्रो गठबन्धन सरकार छ । हामी निरन्तर गठबन्धनको सरकार अगाडि बढाउँछौं,’ डुम्रेमा आयोजित चुनावी सभामा प्रचण्डले भने, ‘गोविन्द भट्टराईलाई यो क्षेत्रबाट  जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई सम्बोधन गर्दै उहाँलाई मन्त्री बनाउँछौं ।’

अब आफ्नो ध्यान देशमा शान्ति, सुशासन र समृद्धिको बाटोमा हिँडाउने रहेको पनि उनको भनाई थियो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : ३० बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट