२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

डुम्रे बेसीशहर सडकखण्ड आजदेखी दैनिक १२ घण्टा बन्द हुने



लमजुङ । लमजुङको सदरमुकाम बेसीशहर जोड्ने एक मात्र डुम्रे बेसीशहर सडक दैनिक १२ घण्टा बन्द हुने भएको छ ।

बेसीशहर नगरपालिका १ उदीपुर स्थित देउराली डाँडामा सडक निर्माण कार्य गर्नु पर्ने भएकोले  आजबाट एक महिनाको लागि दैनिक १२ घण्टा सडक बन्द हुने भएको हो ।

पहिरो रोकथाम तथा सडक निर्माण कार्य अन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण कार्य गर्नु पर्ने भएकोले शुक्रवार देखि जेठको पहिलो सातासम्म उक्त सडक बन्द हुने भएको हो ।

यस अवधिमा यात्रुबहाक सवारी साधनलाई उदीपुर रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डी प्रसादगण डाईभर्सन बाटो प्रयोगमा ल्याइने छ भने मालबबाहक सवारी भने उदीपुर बजारमै पूर्ण रुपमा रोक लागाइने छ ।

बर्षातको समयमा लामो समय अवरुद्ध बनेको सो सडकमा अस्थायी व्यवस्थापन गरी यातायात सञ्चालन गरेपनि विगत केहि महिनादेखि सुख्खा पहिरो खस्दा यातायात प्रभावित भएको हो ।

सुख्खा पहिरोका कारण दैनिक जसो अवरुद्ध हुँदै आएको उदिपुर पहिरो पछिल्लो समय थप जोखिम भएको छ । पहिरोका कारण दैनिकजसो यातायात समेत अवरुद्ध हुने गरेको छ ।

बर्षातका बेला ठूलो पहिरोका कारण अवरुद्ध बनेको सडक यसअघि निर्वाचनका बेला अस्थायी व्यवस्थापन गरी यातायात सुचारु गरीएको थियो ।

निर्वाचन पछि पनि पुनः केहि दिन यातायात बन्द गरी थप व्यवस्थीत बनाईएको थियो । हाल सवारी साधान आवात जावत गर्नका लागि सडक बनेपनि सुख्खा पहिरो खस्नेक्रम शुरु भएकोले दैनिक जसो यातायात अवरुद्ध हुँदै आएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ७ : ३४ बजे

आज गणेशमान सिंहको २९ औँ स्मृति दिवस

काठमाडौं । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

भोटेकोशी बाढी : बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।