३२ असार २०८३, बिहिबार | July 16, 2026

दोल्ती पावर कम्पनीको आइपीओ आज बाँडफाँट हुँदै



काठमाडौं । दोल्ती पावर कम्पनीको आईपिओ आज बाँडफाँट हुँदैछ । कम्पनीको आफ्नै कार्यालयमा शुक्रबार दिउँसो ३ बजे बाँडफाँटको तयारी गरिएको छ । यस कम्पनीले चैत २८ गतेदेखि १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटका अनुसार यसको प्री-अलमेन्ट सम्पन्न भइसकेको छ । यस आईपिओमा गोलाप्रथाबाट आईपिओ बाँडफाँट हुनेछ । यस आईपिओमा मागभन्दा ११.६० गुणा बढी आवेदन परेको छ ।

यस आईपिओमा १३ लाख ३९ हजार ४४० जनाले कुल १ करोड ४७ लाख ६२ हजार २६० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख २७ हजार १८६ जनाले मात्र सेयर हात पार्नेछन् । जसअनुसार बाँकी ११ लाख ४४ हजार ६७५ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।

कम्पनीले जारी गरेको आईपिओमा प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको हो । यस मध्ये सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ६८ हजार १७ कित्ता छुट्याइएको थियो भने १ लाख ७ हजार २९८ कित्ता  सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।

बाँकी १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । यसमा एनआइसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘इक्रा एनपी डबल बी’ रेटिङ दिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ९ : १७ बजे

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला

सुनसरी । बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम

इन्जुरी समयमा अर्जेन्टिनाको शानदार पुनरागमन, इंग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती