१४ भदौ २०८३, आइतबार | August 30, 2026

सियारी गाउँपालिकाद्वारा मस्जिदमै पुगेर फुलफुल बितरण



बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले मुस्लिम समुदायको पर्व रमजानको अवसरमा स्थानीय मस्जिदहरुमा पुगेर फलफुल बितरण गरेको छ ।

मुस्लिम समुदायको पर्व रमजानको अन्तिम हुनै लाग्दा सियारी गाउँपालिकाले पालिका भित्रका सबै मस्जिदमा पुगेर फलफुल बितरण गरेको हो ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, वडा अध्यक्षहरु दीपक बहादुर शाही, श्रीराम यादव, रामचन्द्र कुर्मी लगाएतले पालिका भित्र सञ्चालनमा रहेका ८ ओटा मस्जिदमा पुगेर फलफुल प्रदान गरेका थिए । रोजा (व्रर्त) बसेका मुस्लिम समुदायलाई रोजा खोले पछि खान मिल्ने गरी स्याउ, केरा, सुन्तला र खरबुजा लगाएतका फलफुल प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।

उनले स्थानीय सरकारले सबै धर्म र समुदायलाई समान व्यवहार गर्ने उल्लेख गर्दै सबै धर्म, बर्ग र समुदायको साथमा स्थानिय सरकार रहेको उल्लेख गरे ।

अध्यक्ष घिमिरेले स्थानीय सरकारले आगामी दिनमा पनि अन्य धर्म र समुदाय बिशेषका पर्वलाई पनि ध्यानमा दिएर काम गर्ने बताए ।

यस वर्ष नयाँ वर्षसँगै रोजा पर्व शुरु भएको थियो । एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानी समेत खाँदैनन् । मुस्लिम समुदायको पर्व रमजानको शनिवार अन्तीम दिन हो ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  २ : ०४ बजे

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज