२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

दुई दशक देखी बसेको सरकारी निवास आजबाट छाड्दै राहुल गान्धी



नयाँदिल्ली । मानहानि मुद्दामा दोषी ठहर भएपछि सांसदका लागि अयोग्य घोषित कांग्रेस नेता राहुल गान्धीले दुई दशक देखी बस्दै आएको सरकारी निवास आजबाट छाडने भएका छन्  ।

शुक्रबार आफ्नो सरकारी निवासबाट सबै सरसामान सारेका गान्धीले तुघलक लेन बंगलाको साँचो आज लोकसभा सचिवालयलाई हस्तान्तरण गर्नेछन् । साँचो हस्तान्तरण सँगै दुई दशक देखी बस्दै आएको घर आजवाट खाली हुनेछ ।

एक चुनावी सभामा पूर्व कांग्रेस अध्यक्ष गान्धीले ‘सबै चोरहरुको नाम मोदी किन हुन्छ ?’ भन्ने अभिब्यक्तिलाई लिएर दुई वर्षको जेल सजाय सुनाइएको थियो । सांसदको रूपमा अयोग्य ठहरिएपछि उनलाई अप्रिल २२ सम्ममा परिसर खाली गर्न भनिएको थियो । पूर्व कांग्रेस अध्यक्षले अप्रिल १४ मा आफ्नो कार्यालय र केही व्यक्तिगत सामान बंगलाबाट सारेका थिए ।

गान्धीले शुक्रबार साँझ बंगलाबाट आफ्ना बाँकी सामानहरू हटाएका थिए । यो बंगला उनलाई सांसदका रुपमा दिइएको थियो । उनीहरूको सामान बोकेको ट्रक भवनबाट निस्किएको देखियो । उनी झण्डै दुई दशकदेखि यही बंगलामा बस्दै आएका थिए ।

आफ्नो कार्यालय परिवर्तन गरेपछि उनी आफ्नो आमा तथा कांग्रेस संसदीय दल अध्यक्ष सोनिया गान्धीसँग जनपथ निवासमा बस्न थालेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  २ : ५० बजे

सिंहदरबारको क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा

काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन

सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा पत्रकारहरूको धर्ना

नेपालगन्ज । सरकारको विभेदकारी विज्ञापन नीति विरुद्ध बाँके प्रशासनमा धर्ना

विपद्लाई राजनीतिकरण गर्नुहुँदैन : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वको सुझबुझपूर्ण

महसुल उठाउने नाममा उद्योगीलाई दबाब नदिन औद्योगिक क्षेत्र उद्योग महासङ्घको आग्रह

काठमाडौँ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार