२५ चैत्र २०८२, बुधबार | April 8, 2026

सलमानको करियरमा स्पीड ब्रेकर बन्यो ‘किसी की भाई किसी की जान’



मुम्बई । गत शुक्रबारबाट थिएटरमा अभिनेता सलमान खानको फिल्म ‘किसी की भाई किसी की जान’ रिलिज भयो । सलमान चार वर्षपछि इदको मौका पारेर दर्शकमाझ यो फिल्म लिएर आएका थिए । फिल्मले हरेक स्थानमा बम्पर ओपनिङ गर्ने आशा थियो । तर बक्स अफिसको रिपोर्ट सबैलाई चकित बनाउने किसिमले आयो ।

भारतमा फिल्मको ओपनिङ नै १५ दशमलब ८१ करोडको थियो । यो ओपनिङ सोचेभन्दा कम ओपनिङ हो । यो फिल्मले सलमानको शानदार बक्सअफिस यात्रामा ‘स्पीड ब्रेकर’को काम गरिदिएको छ ।

सलमान बक्स अफिसका बादशाह हुन् भन्ने कुराको प्रमाण उनको फिल्मको ओपनिङ कलेक्सनले देखाउथ्यो । पछिल्लो १० वर्षमा उनको कुनै पनि फिल्मले १७ करोड भन्दा कम ओपनिङ कलेक्सन गरेको थिएन । सन् २०१२ मा रिलिज फिल्म ‘एक था टाइगर’ले ३३ करोडको ओपनिङ कलेक्सन गरेको थिया । यसपछि उनका फिल्मले पहिलो दिनमा २० करोड रुपैंयाँसम्म ओपनिङ कलेक्सन गर्थे ।

सन् २०२० मा कोरोना महामारीपछि थिएटर बन्द हुनुअघि सन् २०१९ मा रिलिज फिल्म ‘भारत’ले सलमानका लागि उनको करियरमै सबैभन्दा बढी ओपनिङ दिएको थियो । फिल्मले पहिलो दिनमै ४३ करोड बढी कमाएको थियो । तर १५ दशमलब ८१ करोडसँगै ‘किसी का भाई किसी की जान’ सन् २०११ पछि सलमानको करियरको सबैभन्दा कम ओपनिङवाला फिल्म बन्यो ।

लकडाउन पछि रिलिज भएका तीन फिल्मको ओपनिङ कलेक्सनलाई आक्रामक मान्न सकिन्छ । शाहरुख खानको ‘पठान’ले ५७ करोड, रणवीर कपूर र आलिया भट्टको ‘ब्रह्मास्त्र’ले ३६ दशमलब ५ करोड र अक्षय कुमारको ‘सूर्यवंशी’ले २६ दशमलब २९ करोड ओपनिङ कलेक्सन गरेको थियो ।

सन् २०११ पछि इदमा सलमानका ९ फिल्म रिलिज भए । सन् २०१९ सम्म रिलिज भएका मध्ये सबैभन्दा कम ओपनिङ कलेक्सन सन् २०१७ मा रिलिज ‘ट्युबलाइट’ले गरेको थियो । फिल्मले २१ करोडको ओपनिङ कलेक्सन गरेको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ४ : ०६ बजे

स्थापना दिवसमा आश्रय बिहिनहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रयबिहिनहरुलाई खाना

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका

सुदूरपश्चिममा दश प्रतिशतले बढ्यो गरिबी

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा १० प्रतिशतले गरिबी बढेकामा प्रदेश सरकारले

चितवनबाट बुटवल ल्याइएको बोडीमा उच्च विषादी, १२० केजी नष्ट

बुटवल । बुटवलस्थित बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान : १३ ओटा मोटरसाइकल ग्यारेजमा सचेतना सुरु (फोटो फिचरसहित)

बुटवल । बुटवल प्रहरीले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान