२ चैत्र २०८२, सोमबार | March 16, 2026

केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ : अध्यक्ष प्रचण्ड



काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा काठमाडौंमा नेकपा ९एकीकृत समाजवादी०द्वारा आइतबार आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनः उपलब्धि, चुनौती र संभावना’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो बताएका हुन् ।

‘सही विचार र नीतिका आधारमा कम्युनिस्टहरुलाई एकतावद्ध गर्ने कुरा जारी राख्नु पर्दछ । अहिले हामी त्यहि प्रक्रियामा छौं ।  जनवादी केन्द्रीयताको सिद्धान्त विरुद्ध रहेकाहरु कम्युनिष्ट एकताको पक्षमा छैनन् । हामी अहिले पनि एकताकै पक्षमा छौं,’ प्रचण्डले भने । उनले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने र त्यहिबाट कम्युनिष्ट आन्दोलनको नयाँ ध्रुबीकरणमा अगाडि बढ्ने बताए ।

अध्यक्ष प्रचण्डले आफूहरु राष्ट्र र जनताको आवश्यकताअनुसार थुप्रै नेताहरुसँगको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्नुपर्छ भन्ने बिषयमा छलफल गरी नेकपा तिरै फर्कनेमा रहेको स्पष्ट पारे ।

‘कम्युनिस्ट पार्टी भित्र नेतृत्वलाई साँचोका रुपमा लिइन्थ्यो, र हो पनि । नेतृत्वले गलत विचार र प्रवृति अंगिकार गर्‍यो भने धेरै ठूलो क्षति हुन्छ र ठूलो प्रतिक्रान्ति हुन्छ । हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पनि देख्यौं र आफ्नै आँखा अगाडि पनि देख्यौं,’ उनले भने ।

उनले ०७४ को आम निर्वाचन कम्युनिष्टहरुले चालेको ठूलो अग्रगामी कदम रहेको उल्लेख गर्दै उक्त प्रस्ताव आफूहरुले नै गरेको र त्यसको पहिलो प्रस्तावक आफैं भएको बताए ।

‘राष्ट्रको स्वाधिनता, राष्ट्रिय एकता, जनताको जनजीविका, सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिष्टहरु एक हुन जरुरी छ,’ उनले भने । लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रलाई मजबुत गर्नका लागि पनि कम्युनिष्टहरु एक हुन जरुरी रहेको अध्यक्ष प्रचण्डको भनाइ छ ।

उनले बिना आग्रह पूर्वाग्रह विचारधारात्मक रुपले समीक्षा गर्दै राष्ट्रको हितमा एकताको नयाँ पहलका लागि वामपन्थी कम्युनिस्टहरुलाई आह्वान गरे ।

‘एकतावद्ध भएर मात्र हामी कम्युनिष्ट आन्दोलनप्रति इमान्दार हुनसक्छौं । अहिले हामी कम्युनिस्ट पार्टीहरु कहाँबाट सुरु गर्ने भन्ने छलफलमा छौं । अहिले राष्ट्रको आवश्यकता, रााष्ट्रियता, जनतन्त्र जनजीविका, विकासको आवश्यकता र दलाल पूँजीवादको विरुद्ध संघर्षको आवश्यकता महशुस गर्नेहरु सबै एउटा मोर्चामा आवद्ध भएर एउटा सन्देह दिऔं,’ अध्यक्ष प्रचण्डले भने ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ५ : ०० बजे

प्रधानसेनापतिसँग अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख

राष्ट्रियसभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा वृद्धि गर्न माग

काठमाडौं । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५