१० भदौ २०८३, बुधबार | August 26, 2026

बारा-२ मा ६० प्रतिशत मत खस्यो



बारा । बारा क्षेत्र नम्बर २ मा ६० प्रतिशत मत खसेको छ । आज भएको उपनिर्वाचन अन्तर्गत मतदानमा बारामा ६० प्रतिशतसम्म मत खसेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

कडा सुरक्षाका बीच शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको उनले बताए । उनले उपचुनावको मतगणना आजैबाट कलैया उपमहानगरपालिका वडा नम्बर ३ को शैक्षिक तालिम केन्द्रमा राति ९ बजेबाट सुरु गरिने जानकारी दिए ।

मतगणना गर्ने कोठामा तारजाली लगाइनुका साथै सीसीटीभी जडान गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए ।

कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको यो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका छन् । यस क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ६ : ४९ बजे

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत