३० असार २०८३, मंगलबार | July 14, 2026

बारा २ मा ६५ प्रतिशत मतदान, मतपेटिका संकलन हुने क्रम जारी



बारा । बारा क्षेत्र नम्बर २ मा आइतवार भएको उपनिर्वाचनमा मंसिर ४ मा खसेको भन्दा बढी मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको छ ।

यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा क्षेत्र नम्बर २ को कुल एक लाख पाँच हजार ११ मतमध्ये प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६६ हजार सात सय ४१ मत खसेको थियो । मंसिर ४ गते सम्पन्न निर्वाचनमा ६३ प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले दुई प्रतिशत मत बढी खसेको जानकारी दिए ।

जिल्लाको ६ वटा स्थानीय तहको ४४ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका थिए । उक्त मतदाताबाट ३७ हजार ६४ पुरुष र ३१ हजार ८ सय २३ महिला गरी ६८ हजार ८ सय ८७ मत खसेको छ ।

उपनिर्वाचन शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिएका छन् । उपाध्यायले निर्वाचन क्षेत्रको कुनै पनि स्थानमा विवाद नभएको बताए ।

उपाध्यायले विवादरहित ढंगले निर्वाचन सम्पन्न भएको बताएपनि केही मतदान केन्द्रमा भने विवादको स्थिती देखिएको थियो । देवताल गाँउपालिका ७ पिपरपाती जब्दी मतदान केन्द्रमा नक्कली मतपत्रसहित जनता समाजवादी पार्टीका नेता रामसागर यादव पक्राउ पर्दा केही समय मतदान रोकिन पुगेको थियो ।

यादवले मत खसाल्ने क्रममा खल्तीबाट अर्को मतपत्र झिक्दै मतपेटिकामा खसाल्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । उनलाई नियन्त्रणमा लिएलगत्तै जसपाका नेताकार्यकर्ताले विरोध जनाएका थिए । सो क्रममा केही समय विवादको स्थिती भएको थियो ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बारामा लगेको थियो । निर्वाचन सम्पन्न भएपछि यादवलाई रिहा गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

मतदानको क्रममा निर्वाचन क्षेत्रबाट अन्य तीन जना समेत पक्राउ परेका थिए । मतदान आचारसंहिता विपरित गतिविधि गरेको भन्दै प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरु समेत रिहा भएका छन् ।

निर्वाचन क्षेत्रको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्रको केही मतदान केन्द्रमा विवाद भएको थियो । यस्तै महागढीमाई नगरपालिका वडा नम्बर २ को इनर्वास्थित मतदान केन्द्रमा भने मतदान अधिकृतले नै संचारकर्मीलाई मतदान केन्द्र परिसरमा प्रवेश गर्न रोक लगाएका थिए । त्यहि क्रममा त्यहा रहेका जसपाका नेता कार्यताहरुले संचारकर्मीहरुमाथी हुलहुज्जत गरि दुव्र्यवहार गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ९ : ५३ बजे

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु

‘गोली हानेर मार्छु’ भन्दै एमाले प्रमुख सचेतक महरलाई ज्यान मार्ने धम्की, संसदमै गरे सार्वजनिक

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले आफूलाई सामाजिक