८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

बारा २ मा ६५ प्रतिशत मतदान, मतपेटिका संकलन हुने क्रम जारी



बारा । बारा क्षेत्र नम्बर २ मा आइतवार भएको उपनिर्वाचनमा मंसिर ४ मा खसेको भन्दा बढी मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको छ ।

यसअघि मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा क्षेत्र नम्बर २ को कुल एक लाख पाँच हजार ११ मतमध्ये प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६६ हजार सात सय ४१ मत खसेको थियो । मंसिर ४ गते सम्पन्न निर्वाचनमा ६३ प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले दुई प्रतिशत मत बढी खसेको जानकारी दिए ।

जिल्लाको ६ वटा स्थानीय तहको ४४ वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका थिए । उक्त मतदाताबाट ३७ हजार ६४ पुरुष र ३१ हजार ८ सय २३ महिला गरी ६८ हजार ८ सय ८७ मत खसेको छ ।

उपनिर्वाचन शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिएका छन् । उपाध्यायले निर्वाचन क्षेत्रको कुनै पनि स्थानमा विवाद नभएको बताए ।

उपाध्यायले विवादरहित ढंगले निर्वाचन सम्पन्न भएको बताएपनि केही मतदान केन्द्रमा भने विवादको स्थिती देखिएको थियो । देवताल गाँउपालिका ७ पिपरपाती जब्दी मतदान केन्द्रमा नक्कली मतपत्रसहित जनता समाजवादी पार्टीका नेता रामसागर यादव पक्राउ पर्दा केही समय मतदान रोकिन पुगेको थियो ।

यादवले मत खसाल्ने क्रममा खल्तीबाट अर्को मतपत्र झिक्दै मतपेटिकामा खसाल्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए । उनलाई नियन्त्रणमा लिएलगत्तै जसपाका नेताकार्यकर्ताले विरोध जनाएका थिए । सो क्रममा केही समय विवादको स्थिती भएको थियो ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले यादवलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बारामा लगेको थियो । निर्वाचन सम्पन्न भएपछि यादवलाई रिहा गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

मतदानको क्रममा निर्वाचन क्षेत्रबाट अन्य तीन जना समेत पक्राउ परेका थिए । मतदान आचारसंहिता विपरित गतिविधि गरेको भन्दै प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरु समेत रिहा भएका छन् ।

निर्वाचन क्षेत्रको उत्तरी क्षेत्रमा भन्दा दक्षिणी क्षेत्रको केही मतदान केन्द्रमा विवाद भएको थियो । यस्तै महागढीमाई नगरपालिका वडा नम्बर २ को इनर्वास्थित मतदान केन्द्रमा भने मतदान अधिकृतले नै संचारकर्मीलाई मतदान केन्द्र परिसरमा प्रवेश गर्न रोक लगाएका थिए । त्यहि क्रममा त्यहा रहेका जसपाका नेता कार्यताहरुले संचारकर्मीहरुमाथी हुलहुज्जत गरि दुव्र्यवहार गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ९ : ५३ बजे

मुख्य सचेतकहरुसँग छलफलमा सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र

कुनै सहमति नगरी सकियो कार्यदल बैठक

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर

चितवन । माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना

उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले