१० भदौ २०८३, बुधबार | August 26, 2026

आजको मौसम : पहाडी भू-भागमा वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने



काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी तथा मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । अपरान्ह पछि देशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

राती भने लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ ।

पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको  सम्भावना रहेको र अपरान्ह पछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ७ : ११ बजे

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन