२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

केएल दुगड ग्रुपको ज्ञान गोल्ड मह बजारमा



बुटवल । खाद्य क्षेत्रमा बजारमा पकड जमाइरहेको केएल दुगड समूहले ज्ञान ब्राण्डको गोल्ड मह नेपाली बजारमा ल्याएको छ । नयाँ उत्पादन बजारमा ल्याउने योजना अन्तर्गत केएल दुगड समुहले ज्ञान मह बजारमा ल्याएको हो ।

स्थानीय रुपमा उपलब्ध विभिन्न बहुमुल्य वनस्पतिहरुमा चरन गरेका मौरीहरुबाट महको उत्पादन गरिएको कम्पनीले जनाएको छ । कम्पनीको तर्फबाट जारी विज्ञप्तिमा स्थानीय किसानहरुद्वारा स्थानीयरुपमै उत्पादित सामानहरुको प्रवद्र्घन गर्ने उद्देश्यले महको उत्पादन सुरु गरिएको उल्लेख गरिएको छ । खाद्य प्रविधिका अनुभवी र दक्ष विशेषज्ञहरुले स्वाद र गुणस्तरको परीक्षण गरी उपभोगको लागि उत्कृष्ट ठहराएपछि मह उपभोक्तामा पठाइएको विज्ञप्तिमा लेखिएको छ ।

‘मह प्राचिन कालदेखि मानव जातिमा परिचय गराइएको सबैभन्दा मूल्यवान प्राकृतिक उत्पादनहरू मध्ये एक हो । मह एक पौष्टिक उत्पादनको रूपमा मात्र नभई परम्परागत चिकित्सामा वर्णन गरिएको र घाउ निको पार्नेलगायत अन्य क्लिनिकल अवस्थाहरूको वैकल्पिक उपचारकोरूपमा पनि प्रयोग गरिन्छ,’ विज्ञप्तिमा लेखिएकोछ, ‘मह भिटामिन र अन्य पोषकतत्वहरूले भरिपूर्ण रहेको छ । उपवासको समयमा बढी उपभोग हुने मह दैनिक स्वस्थ पौष्टिक खाजाहरुमा मिसाएर पनिउपभोग गर्न सकिन्छ ।’

ज्ञान मह उपभोक्ताहरुले सहजै प्राप्त गर्न सक्नेगरी २५० ग्राम, ५०० ग्राम र १ केजी प्याकमा उपलब्ध छ । केएल दुगड समूहले लोकप्रिय ब्राण्ड ज्ञानका ज्ञान चक्की आटा, ज्ञान मैदा, धारा हेल्थ, धारा सुद्ध तोरीको तेल, कोदोको पिठो, दलिया जस्ता लोकप्रिय उत्पादनहरु लामो समयदेखि नेपाली बजारमाउपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : ४४ बजे

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी

प्रधानमन्त्री शाहले किन बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक ?

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका

होटल पौवाको १० औँ वार्षिकोत्सव : देशभर ‘स्वाद उत्सव’, लगानी सम्मेलन र ‘शुभकामना साँझ’ आयोजना हुने

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव