२४ बैशाख २०८१, सोमबार | May 6, 2024

अख्तियारको क्षेत्राधिकार विस्तार रोक्न सभामुखलाई चेम्बरको ज्ञापनपत्र



काठमाडौ । नेपाल चेम्बर अफ कमर्शले अख्तियारको क्षेत्राधिकार विस्तार गर्ने गरी प्रतिनिधिसभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संविधान अनुकूल बनाउन सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने व्यवस्थाप्रति आपत्ति जनाएको हो । ‘मुलुकको अर्थतन्त्र हाल जोखिमा रहेका बेला निजी क्षेत्र थप संकुचित हुने र निजी क्षेत्रलाई प्रतिकूल असर पर्ने कानुनी व्यवस्था नगर्न अनुरोध गर्दछौं,’ भेटमा मल्लले भने ।

चेम्बरले निजी क्षेत्रलाई नियमन गर्ने छुट्टै नियामक निकायहरु भएकाले अख्तियारको क्षेत्राधिकार भित्र पार्दा व्यवसाय नै ठप्प पर्ने जनाएको छ । सभामुख घिमिरेले निजी क्षेत्रमैत्री कानून निर्माण गर्न आफूले प्रयत्न गर्ने बताए । ‘ऐन बनाउन मुलतः सरकार र राजनीतिक दलहरुकै भूमिका रहन्छ,’ उनले भने, ‘तर अभिभावकीय भूमिका निर्वाह गर्ने तपाईंहरुलाई विश्वास दिलाउँछु ।’

सभामुख घिमिरेले विषयगत समितिहरु गठन प्रक्रियामा रहेकाले समितिमार्फत आफ्ना सुझावहरु दिन कमर्श पदाधिकारीको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ३ : १७ बजे

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ

सहुलियतपूर्ण सहायता बढाउन नेपालद्वारा विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका