१० भदौ २०८३, बुधबार | August 26, 2026

बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी तीब्र



बुटवल । पार्क व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा वहस गरी स्पष्ट कानुन बनाउन राजयको ध्यानाकर्ष गराउने उद्देश्यले बुटवलमा आगामी जेठमा राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ ।

बुटवलको मणिमुकुन्दसेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को नेतृत्वमा जेठ ६ र ७ गते हुन लागेको सम्मेलनको तयारी तीब्र पारिएको छ ।

धेरैजसो पार्कहरु वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसंग हुने विवाद र द्वन्द्व अन्त्यका लागि स्पष्ट कानुन बनाउन राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको मणिमुकुन्दसेन उद्यानका अध्यक्ष खेम लुइटेलले बताए ।

पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र सौन्दर्यताका लागि पार्कहरुको ठूलो महत्व भएपनि राज्यले कानुनीरुपमा कुनै सम्बोधन नगरेको सम्मेलनले कानुन निर्माणमा तिनै तहका सरकारलाई दवाव पुग्ने अपेक्षा गरिएको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बताए ।

नेपालको आर्थिक समृद्धिका लागि पर्या-पर्यटन एक महत्वपूर्ण पक्ष भएकाले वन क्षेत्रभित्र सञ्चालित पार्कहरुलाई सहजरुपले काम गर्न ठोस नीतिगत व्यवस्थाको पहलका लागि सम्मेलनले पार्कहरुको राष्ट्रियस्तरको संजाल निर्माण गर्ने सम्मेलनका प्रचार संयोजक डिआर घिमिरेले बताए ।

पार्क व्यवस्थापनमा नीतिगत समस्या र कानुनी जटिलताका विषयमा संविधानविद् काशिराज दाहालले कार्यपत्र पेश गर्ने छन् । समुदायबाट सञ्चालित पार्कहरुलाई लगाइएको मुल्यअभिबृद्धि कर, उपभोक्ता समितिबाट हुने निर्माण कार्यका सम्बन्धमा रहेका जटिलताका विषयमा पनि सम्मेलनमा छलफल हुने छ ।

देशभरका करिब सयवटा पार्कका व्यवस्थापन समितिका पदाधिकारी सहभागी हुने सम्मेलन सम्पन्न गर्न करिब ३० लाख खर्च हुने भएकाले प्रदेशका स्थानीय तह र प्रदेश सरकारसंग सहयोगका लागि पहल गरिएको सम्मेलनका सदस्य सचिव अनन्त सिलवालले जानकारी दिए । सम्मेलनले नेपाल पार्क महासंघ गठन गरी बुटवल घोषणपत्र समेत जारी गर्ने उनले बताए ।

 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ३ : २० बजे

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार