५ पुस २०८२, शनिबार | December 20, 2025

त्रिभुवन युनाइटेड एकेडेमीका कक्षा १२ का विद्यार्थीलाई बिदाई



बुटवल । बुटवल-७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमी कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई सोमबार बिदाई गरिएको छ । विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूले तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा एक विशेष समारोह आयोजना गरी आगामी शैक्षिक यात्राको शुभकामना दिँदै बिदाई गरेका हुन् ।

एकेडेमीमा कक्षा १२ मा १९५ विद्यार्थी अध्ययनरत छन् । सो अवसरमा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवल कार्यालयका प्रमुख रोमाकान्त तिवारीले विद्यार्थीले उच्च शिक्षा पूरा गरेपछि देशमै आफ्नो शिप र क्षमता प्रदर्शन गर्न सुझाव दिए । उच्च शिक्षा अध्ययनको लागि विदेश जाने परिपार्टी बढेको भन्दै नेपालकै केही गरेर देश विकासमा योगदान पु¥याउनुपर्ने बताए ।

पाणिनी कलेजका अध्यक्ष गोपाल घिमिरेले उच्च शिक्षामा देखिएका समस्या समाधान गरी देश विकासमा जुटनुपर्ने बताए । विद्यालयका प्राचार्य शंकर थापाले छोटो समयमै विद्यालयमा विद्यार्थीको रोजाइँमा परेको भन्दै आगामी दिनमा अझै यसलाई सुधार गर्दै जाने बताए ।

विद्यालयका सहप्राचार्य रामचन्द्र बस्यालले विद्यार्थी र अभिभावकको साहना र रूचि अनुसारअगाडि बढदै जाने बताए । बस्यालले विद्यालयमा आवश्यकता अनुसार अन्य विषयहरू पनि थप गर्दै जाने स्पष्ट पारे । कार्यक्रममा विद्यालयका प्लस टु प्रमुख गुरुदत्त पौडेल, प्लस टु संयोजक जनकराज भुसाल, शैक्षिक विभाग प्रमुख भोजराज न्यौपाने, राष्ट्रिय परीक्षा बोर्डका शिव पराजुली, लगायतले बोलेका थिए । कक्षा ११ का विद्यार्थी निसान्त पाण्डेको अध्यक्षता तथा मिसन खत्री र मोनिका कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरू विभिन्न गीत र नृत्य प्रस्तुत गरी रमाएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ४ : ४८ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन