२९ भदौ २०८३, सोमबार | September 14, 2026

त्रिभुवन युनाइटेड एकेडेमीका कक्षा १२ का विद्यार्थीलाई बिदाई



बुटवल । बुटवल-७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमी कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई सोमबार बिदाई गरिएको छ । विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूले तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा एक विशेष समारोह आयोजना गरी आगामी शैक्षिक यात्राको शुभकामना दिँदै बिदाई गरेका हुन् ।

एकेडेमीमा कक्षा १२ मा १९५ विद्यार्थी अध्ययनरत छन् । सो अवसरमा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवल कार्यालयका प्रमुख रोमाकान्त तिवारीले विद्यार्थीले उच्च शिक्षा पूरा गरेपछि देशमै आफ्नो शिप र क्षमता प्रदर्शन गर्न सुझाव दिए । उच्च शिक्षा अध्ययनको लागि विदेश जाने परिपार्टी बढेको भन्दै नेपालकै केही गरेर देश विकासमा योगदान पु¥याउनुपर्ने बताए ।

पाणिनी कलेजका अध्यक्ष गोपाल घिमिरेले उच्च शिक्षामा देखिएका समस्या समाधान गरी देश विकासमा जुटनुपर्ने बताए । विद्यालयका प्राचार्य शंकर थापाले छोटो समयमै विद्यालयमा विद्यार्थीको रोजाइँमा परेको भन्दै आगामी दिनमा अझै यसलाई सुधार गर्दै जाने बताए ।

विद्यालयका सहप्राचार्य रामचन्द्र बस्यालले विद्यार्थी र अभिभावकको साहना र रूचि अनुसारअगाडि बढदै जाने बताए । बस्यालले विद्यालयमा आवश्यकता अनुसार अन्य विषयहरू पनि थप गर्दै जाने स्पष्ट पारे । कार्यक्रममा विद्यालयका प्लस टु प्रमुख गुरुदत्त पौडेल, प्लस टु संयोजक जनकराज भुसाल, शैक्षिक विभाग प्रमुख भोजराज न्यौपाने, राष्ट्रिय परीक्षा बोर्डका शिव पराजुली, लगायतले बोलेका थिए । कक्षा ११ का विद्यार्थी निसान्त पाण्डेको अध्यक्षता तथा मिसन खत्री र मोनिका कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरू विभिन्न गीत र नृत्य प्रस्तुत गरी रमाएका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ४ : ४८ बजे

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी