१२ श्रावण २०८१, शनिबार | July 27, 2024

त्रिभुवन युनाइटेड एकेडेमीमा फूड फेस्टिबल सम्पन्न



बुटवल । बुटवल-७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थीहरुले शुक्रबार फुड फेस्टिबल सम्पन्न गरेका छन । विद्यालयको होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले खाना महोत्सव आयोजना गरेका हुन ।

फुड फेस्टिबलको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गरिन । सो अवसरमा बोल्दै अर्यालले विद्यार्थीहरुले पढाईसँगै व्यवहारिक ज्ञानको समेत आवश्यकतामा जोड दिइन ।

उत्पादन र मार्केटिङ सीपको विकास गर्ने उद्देश्यले खाना महोत्वस आयोजना गरेका विद्यालयका सह प्राचार्य रामचन्द्र बस्यालले जानकारी दिए । सह प्राचार्य बस्यालले खानामहोत्सवले विधार्थी हरुलाइ ब्यवहारीक बन्न र ब्यवसायी,स्वरोजगार बन्न समेत प्रेरित गरेको बताए ।

विद्यार्थी दर्जनभन्दा बढी परिवार बनाएर अभिभावक, भूपू विद्यार्थी, शिक्षाप्रेमी र शिक्षकतथा विधालय आसपासका टोलछिमेक हरुलाई विक्री गरेको बनाएको विद्यालयका प्लस टु संयोजक जनकराज भुसालले जानकारी दिए । विद्यालयमा २०७७ देखि कक्षा ११ र १२ को पठन पाठन सुरु भएको थियो ।

सो अवसरमा चक्र ब्याण्ड सहितको विभिन्न सांस्कृतिक कार्यक्रम सहित सुरेन्द्र नर्कमीद्धारा लिखित लौ आयो ताजा खवर र जातीय छुवाछुत विरुद्धको नाटक पनि विद्यार्थीले मञ्चन समेत गरिएको विद्यालयका प्लस टु इन्चार्ज गुरुदत्त पौडेलले जानकारी दिए । विद्यालय पछिल्लो समय अभिभावकको रोजाइमा पर्नुका साथै यस विद्यालयमा अध्यनरत विद्यार्थीहरुले सहजै जागिर पाउने र स्वरोजगार बनेको विद्यालयले जनाएको छ । विद्यालयमा प्लस टु तर्फ ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : ५६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान