१३ श्रावण २०८३, बुधबार | July 29, 2026

त्रिभुवन युनाइटेड एकेडेमीमा फूड फेस्टिबल सम्पन्न



बुटवल । बुटवल-७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थीहरुले शुक्रबार फुड फेस्टिबल सम्पन्न गरेका छन । विद्यालयको होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीहरुले खाना महोत्सव आयोजना गरेका हुन ।

फुड फेस्टिबलको बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले उद्घाटन गरिन । सो अवसरमा बोल्दै अर्यालले विद्यार्थीहरुले पढाईसँगै व्यवहारिक ज्ञानको समेत आवश्यकतामा जोड दिइन ।

उत्पादन र मार्केटिङ सीपको विकास गर्ने उद्देश्यले खाना महोत्वस आयोजना गरेका विद्यालयका सह प्राचार्य रामचन्द्र बस्यालले जानकारी दिए । सह प्राचार्य बस्यालले खानामहोत्सवले विधार्थी हरुलाइ ब्यवहारीक बन्न र ब्यवसायी,स्वरोजगार बन्न समेत प्रेरित गरेको बताए ।

विद्यार्थी दर्जनभन्दा बढी परिवार बनाएर अभिभावक, भूपू विद्यार्थी, शिक्षाप्रेमी र शिक्षकतथा विधालय आसपासका टोलछिमेक हरुलाई विक्री गरेको बनाएको विद्यालयका प्लस टु संयोजक जनकराज भुसालले जानकारी दिए । विद्यालयमा २०७७ देखि कक्षा ११ र १२ को पठन पाठन सुरु भएको थियो ।

सो अवसरमा चक्र ब्याण्ड सहितको विभिन्न सांस्कृतिक कार्यक्रम सहित सुरेन्द्र नर्कमीद्धारा लिखित लौ आयो ताजा खवर र जातीय छुवाछुत विरुद्धको नाटक पनि विद्यार्थीले मञ्चन समेत गरिएको विद्यालयका प्लस टु इन्चार्ज गुरुदत्त पौडेलले जानकारी दिए । विद्यालय पछिल्लो समय अभिभावकको रोजाइमा पर्नुका साथै यस विद्यालयमा अध्यनरत विद्यार्थीहरुले सहजै जागिर पाउने र स्वरोजगार बनेको विद्यालयले जनाएको छ । विद्यालयमा प्लस टु तर्फ ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ६ : ५६ बजे

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन

आविस्कार केन्द्रबाट मरमतपछि खजुरा क्यान्सर अस्पतालको उपकरणहरु संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पार्टी

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको

राष्ट्रपतिलाई भेटे रवि लामिछानेले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र