२० माघ २०८२, मंगलबार | February 3, 2026

प्रदेशसभामा विश्वास गुमाएका मुख्यमन्त्री गिरीले गरे आफैलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी प्रस्तुत



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभाबाट विश्वासको मत गुमाएपनि आफैलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दाबी प्रस्तुत गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार गठन भएको एमाले संसदीयदलका नेता गिरीले उपधारा ३ अनुसार प्रदेशसभामा ठुलो दलका हैसियतले एमाले संसदीयदलका नेता रहेका आफैलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी प्रस्तुत गरेका हुन् ।

विश्वासको मत नपाएपछि सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले गिरी नेतृत्वको सरकारलाई कामचलाउ सरकारको रुपमा काम गर्न जिम्मेवारी दिएका थिए । कामचलाउ बनेको लगत्तै एमाले संसदीयदलको निर्णय अनुसार धारा १६८ को ३ अनुसार आफैलाई मुख्यमन्त्री नियुक्त गर्न गिरी प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले धारा ३ अनुसार सरकार गठन गर्न आग्रह गरेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ । यसअघि ८ दलका ५३ सांसदहरुले कांग्रेस नेता डिल्ली चौधरीलाई धारा २ अनुसार सरकार बनाउन दावी पेश गरिसकेका छन् ।

एमाले दलका नेता रहेका मुख्यमन्त्री गिरीले धारा ३ अनुसार ठूलो दलको हैसियतमा पुनः सरकार बनाउन आव्हान गर्न आग्रह गरिएको बताए । यसअघि दलको कार्यालय देउखुरीमा बसेको एमाले संसदीय दलको बैठकले धारा ३ अनुसार सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

एमालेले नयाँ सरकार गठन गरेर पुन एक महिनाभित्र विश्वासको मत लिन नसेकोको अवस्थामा मात्रै अर्को धारामा जानुपर्ने एमालेको दावी छ । लुम्बिनी प्रदेशमा सोमबार भएको मतदानमा मुख्यमन्त्री लीला गिरीको पक्षमा ३३ मत र विपक्षमा ५३ मत परेको थियो ।

एमाले र राप्रपाबाहेक सबैले विपक्षमा मतदान गरेका थिए । लुम्बिनी प्रदेशसभाको उक्त मतको परिमाण पाएसँगै प्रदेश प्रमुखले गिरीलाई कामचलाउको जिम्मेवारी दिएका थिए ।

लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दल एमालेको २९, नेपाली काँग्रेसको २७, माओवादीको १०, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी पार्टी ३, लोकतान्त्रिक समाजवादी पार्टी ३ स्वतन्त्र २, जनमोर्चा १, नेकपा एकीकृत समाजवादी १ सिट रहेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : १४ बजे

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी-३ मा ४१ उम्मेदवार चुनावी मैदानमा

जलेश्वर  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरीको निर्वाचन क्षेत्र नं

सम्बन्ध सहकारीद्वारा स्थापना दिवसमा साधना विद्यालयलाई शैक्षिक सामग्री प्रदान

बुटवल । बुटवल-११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो

शान्ति-सुरक्षा कायम गर्न अपराधविरुद्ध कडाइका साथ उत्रिन्छौं : डीएसपी श्रीवास्तव

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलमा हालै सरुवा भई आएका

भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु

रोम । सन् २०२६ को जनवरीमा मात्र मध्य भूमध्यसागरीय क्षेत्रमा

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट