३२ असार २०८३, बिहिबार | July 16, 2026

रोक्का भएको भनिएको बजेट फुक्यो, मंगलबारबाट प्रदेश स्तरिय राष्ट्रपति कप प्रतियोगिता हुने



बुटवल । प्रदेश सरकारले बजेट निकासा रोकेको भन्दै अन्यौलमा परेको लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति कप खेलकुद प्रतियोगिता भोलीबाट संचालन हुने भएको छ । आइतबारबाट संचालन गर्ने गरि जिल्लाहरुबाट खेलाडीहरु हिँडिसकेको अवस्थामा प्रदेश सरकारले बजेट निकासा नदिएको भन्दै प्रदेश खेलकुद परिषदले प्रतियोगिता स्थगित गरेको थियो ।

सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विस्वासको मत गुमाउनु अघि बजेट निकासाको फायलमा हस्ताक्षर गरेपछि भोलीबाट प्रतियोगिता संचालन हुने भएको हो । प्रदेश खेलकुद परिषदले प्रदेश सरकारले एकाएक बजेट निकासा रोक्का गरेको आरोप लगाएपनि प्रदेश सरकारका प्रवक्ता चेतनाराण शर्माले भने मन्त्रालयबाट प्रक्रिया पु¥याएर फायल नै पेश नभएको बताएका थिए ।

२ दिनको दौडधुपले फायल सदर भएर प्रतियोगिता संचालन हुने भएको परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । उनले समयमा फायल पेश नभएको आरोप अस्विकार गर्दै सम्पन्न भइसकेका कार्यक्रम समेत समावेश गरि ९० लाख बढी दायित्व सहितको फायल चैत्र २८ गते नै मन्त्रालयमा पेश भइसकेको दाबी गरे ।

राष्ट्रपति कपका लागि प्रदेशबाट बिनियोजित २८ लाख र संघीय सरकारबाट ससर्त बिनियोजित २४ लाख रुपैयाँ रकम प्रतियोगिताको उदघाटन हुने भनेर तोकिएको (बैशाख १०) दिनको अर्को दिन मात्र बिभागिय मन्त्री समक्ष पेश हुनुबाट मन्त्रालयको सचिवको कमजोरी देखिने मन्त्रालय स्रोतको दाबी छ । प्रतियोगिता सुरुहुने दिन सम्म पनि फायल मन्त्रालयमा नै रोकेर राख्नुमा सम्बन्धित मन्त्रालयको सचिवमाथि प्रश्न उठाउनु पर्ने स्रोतको भनाई छ ।

विभागिय मन्त्रीले फायल नै पेश नभएको भन्नु र खेलकुद परिषदले चैत्र २८ मा नै फायल मन्त्रालय पुगेको दाबीबाट पनि मन्त्रालयको कर्मचारीको कमजोरी पुष्टी हुने स्रोतको जिकिर छ । यस सम्बन्धमा बुझ्न मन्त्रालयका सचिव कृष्णप्रसाद पन्तसँग सम्पर्क गर्न खोज्दा लगातार उनले मोबाइल उठाएनन् । प्रतियोगिता अन्यौलमा परेपछि लुम्बिनीका १२ वटै जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरुले लुम्बिनीमा प्रतियोगिता नभए केन्द्रमा पनि हुन नदिने चेतावनी दिएका थिए ।

आइतबार घर फर्काइएका खेलाडीहरुलाई मंगलबारका लागि पुनः बोलाइएको प्रदेश खेलकुद परिषदले जनाएको छ । प्रदेशभरिका १ हजार ८० खेलाडी र १५० अफिसियलहरु बुटवलका लागि हिँडिसकेको अवस्थामा प्रतियोगिता हुने विषय नै अन्यौलमा परेपछि घर फर्केका थिए । मंगलबार साँझ ५ बजे प्रदेश प्रमुख अमिक शेरचनले प्रतियोगिताको उदघाटन गर्नेछन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ९ : १४ बजे

सांसदले पाउने भए फेरि स्वकीय सचिवको सुविधा

काठमाडौं । सरकारले संघीय संसद्का सदस्यहरूले पुनः स्वकीय सचिव राख्न

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा

बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते

भैरहवा । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग,