९ कार्तिक २०८३, सोमबार | October 26, 2026

दोस्रो लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड आजबाट शुरु



बुटवल । प्रदेश सरकारले बजेट निकासा रोकेको भन्दै अन्यौलमा परेको लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट संचालन भएको छ । प्रतियोगिताको आज एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उदघाटन गरे ।

निर्धारित समयभन्दा एक दिन पछि मात्र प्रदेश सरकारले रोक्का गरेको बजेट फुकुवा गरेपछि एकदिन ढिला प्रतियोगिता शुरु भएको हो ।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले युवाहरुलाई अनुशासित बनाउन र विकासमा जोड्न खेलकुद महत्वपूर्ण माध्यम हुन सक्ने बताए । उनले खेलकुदलाई मनोरञ्जन र स्वास्थ्यमा मात्र सिमित राख्न नहुने बताउँदै खेलकुदले समग्र देशको विकासमा भूमिका खेल्ने उल्लेख गरे । खेलजगत बहुआयामिक भएको उनको भनाई छ । युवाहरुको भविश्य उज्वल भएको चर्चा गर्दै राष्ट्रको जिम्मेवारी पनि युवाकै काँधमा रहेको उल्लेख गरे । उनले खेलाडीहरुलाई केन्द्रीय प्रतियोगिता जितेर आउन शुभकामना पनि दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले दुर्ब्यसनीमा लागेका युवालाई सहि मार्गमा ल्याउने मुख्य माध्यम खेलकुद हुन सक्ने बताए ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईको अध्यक्षतामा भएको उदघाटन समारोहमा सांसद सिके गुप्ता, कोशिश खड्का लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । उदघाटन सत्रमा प्रदेशप्रमुख शेरचनले ब्यानर उडाउनुका साथै खेलकुद मशाल खेलाडीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा निर्णायकहरुको तर्फबाट पद्मा चोधरी र खेलाडीहरुको तर्फबाट तुलसीराम थारुले सपथ ग्रहण गरेका थिए ।

आज भएको खेलमा तेक्वाण्दो तर्फ रुपन्देही २, दाङ २ तथा बाँके र नवलपरासीले १-१ स्वर्ण पाएका छन् । त्यसैगरि एथ्लेटिक्समा बाँके ४, दाङ ३ स्वर्ण, कपिलवस्तु ३ र बर्दियाले २ स्वर्ण जितेका छन् ।

प्रदेशभरिका १ हजार ८० खेलाडी र १५० अफिसियलहरु प्रतियोगितामा सहभागी रहेका छन् । प्रतियोगिता भोली सम्म चल्ने छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ८ : २४ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको