२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

मुम्बईलाई हराउँदै आईपीएलको दोस्रो स्थानमा उक्लियो गुजरात



काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा गत संस्करण विजेता गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई ५५ रनले हराएको छ । जारी सिजनमा गुजरातको यो पाँचौँ जित हो ।

मुम्बईले भने लगातार दोस्रो तथा समग्रमा चौथो हार बेहोर्यो । सातौँ खेलमा गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो । उसका लागि नेहल वढेराले ४०, क्यामरन ग्रीनले ३३, सूर्यकुमार यादवले २३, पियुष चावलाले १८, अर्जुन तेन्दुलकर र इशान किशनले १३/१३ रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । गुजरातका लागि नूर अहमदले ३, राशिद खान, मोहित शर्माले २/२ र हार्दिक पाण्ड्याले १ विकेट हात पारे । त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनायो ।

उसका लागि शुभमन गिल, अभिनव मनोहर र डेविड मिलरले उत्कृष्ट पारी खेले । ३४ बलको सामना गरेका गिलले ७ चौका र १ छक्कासहित सर्वाधिक ५६ रन बनाए । त्यस्तै, मिलरले २२ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ४६ रनको इनिङ खेले ।

मनोहरले २१ बलमा ३ छक्का र ३ चौकाको मद्दतमा ४२ रन बनाए । राहुल तेवटियाले ५ बलमा ३ छक्कासहित २० रनको आक्रामक पारी खेले । विजय शंकर १९ र कप्तान हार्दिक पाण्ड्या १३ रनमा आउट भए । मुम्बईका लागि पियुष चावलाले २, जेसन बेहरेन्डोर्फ, अर्जुन तेन्दुलकर, रिली मेरिडिथ र कुमार कार्तिकेयले १/१ विकेट लिए ।

यो जितसँगै गुजरात अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ७ खेलमा ५ मा जित र २ खेलमा हार बेहोरेको गुजरातले १० अंक जोडेको छ । सातौँ स्थानको मुम्बईले ७ म्याचमा ३ मा जित र ४ खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ७ : ३७ बजे

इनिशालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन, थप अनुसन्धानका लागि सीआईबी टोली सुर्खेतमा

काठमाडौं । सुर्खेतमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा