१० भदौ २०८३, बुधबार | August 26, 2026

आजको मौसम : पहाडी भू-भागमा मेघगर्जन, चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका १-२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

बिहीबार बिहान मौसम पुर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले मेघगर्जन, चट्याङ, हावाहुरीबाट हुन सक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरूमा सामान्यदेखि आंशिक बदली तथा बाँकी भू-भागहरूमा मौसम आंशिक बदलीदेखि समान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश लगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका १-२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।

बिहीबार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भू-भागका १-२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ७ : ०८ बजे

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार