४ पुस २०८२, शुक्रबार | December 20, 2025

एसिसी प्रिमियर कप : नेपाल आज कतारसँग भिडदै !



काठमाडौं । काठमाडौंमा जारी एसिसी प्रिमियर कप वानडे क्रिकेट प्रतियोगितामा नेपालले आज समूह चरणको अन्तिम खेलमा कतारसँग खेल्दैछ । नेपाल र कतारबीचको खेल बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।

अपराजित रहेको नेपाली टोली कतारविरुद्ध पनि सहज जितको खोजीमा छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।

दोस्रो खेलमा ओमानविरुद्ध ८४ रनको जित निकालेको नेपालले वर्षाका कारण साउदी अरेबियासँग भने अंक बाँड्यो । समूह ‘ए’ कै कतारले भने अहिलेसम्म जित हात पार्न सकेको छैन ।

ऊ पहिलो खेलमा ओमानसँग ४० रन, दोस्रो खेलमा साउदी अरेबियाविरुद्ध ७ विकेट तथा तेस्रो खेलमा मलेसियासँग ३ विकेटले पराजित भयो । सेमिफाइनल दौडबाट बाहिरिसकेको कतार अन्तिम खेलमा आयोजक नेपाललाई स्तब्ध पार्दै इतिहास रच्न चाहन्छ ।

लामो समयदेखि अपराजित रहेको नेपालविरुद्ध जित निकाल्न कतारलाई सहज छैन । हेड टु हेडको कुरा गर्दा अहिलेसम्म नेपाल र कतारले एक वानडे खेलमा प्रतिस्पर्धा गरेका छन् । सन् २००८ मा भएको एसिसी ट्रफी एलिटमा भएको खेलमा नेपालले कतारलाई ७ विकेटले हराएको थियो ।

नेपाल एसिसी प्रिमियर कपमा पनि कतारविरुद्ध फराकिलो जित निकाल्ने सोचमा छ । समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाए ।

कतारलाई हराएमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । समूह ‘बी’ बाट यूएईले सेमिफाइनलको टिकट काटेको छ । यो समूहबाट दोस्रो टोलीको रूपमा आज हङकङ र कुवेतबीचको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।

१८ वैशाखसम्म सञ्चालन हुने प्रतियोगिताका खेल त्रिवि र मूलपानी मैदानमा भइरहेका छन् । प्रतियोगिताको फाइनल खेल १८ वैशाखमा त्रिवि मैदानमा हुनेछ ।

१० टोलीको सहभागिता हरेको प्रतियोगिताको उपाधि जित्ने टिमले आउँदो एसिया कप खेल्न पाउने छ । त्यस्तै, शीर्ष तीनमा रहने टोली एसिसी इमर्जिङ कपमा छनोट हुनेछन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ७ : १५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको