१३ माघ २०८२, मंगलबार | January 27, 2026

लुम्बिनी प्रदेश सरकारका लागि आज दावी पेश गरिदैँ



दाङ । लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दावी पेश गरिदैछ । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसके पछि रिक्त हुन पुगेको लुम्बिनी सरकारको नेतृत्वका लागि आज दावी पेश गरिन लागिएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० वैशाख १४ गते बिहीवार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरिए अनुसार आज राजनीतिक दलहरुले दावी पेश गर्न लागेका हुन । मुख्यमन्त्री शेरचनले गत मंगलवार सो सुचना जारी गरेर दावी पेश गर्न भनेका हुन ।

नयाँ सरकारका लागि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुवैले दावी गरेका छन् । तर, कस्को नेतृत्वमा सरकार गठन हुने हो ? त्यो भने अझै टुंगो लागेको छैनन ।

एक महिना अघि  भने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दाबी पेश गरेका थिए ।

यद्दपी दुवै दलका नेताले सहमतिमा नै सरकार गठनका लागि दावी पेश गर्ने जनाउँदै आएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ७ : ३५ बजे

एक तोला सुनको मूल्य तीन लाख नौ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

चितवनमा गैँडाको आक्रमणबाट एक युवाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ ।

रसुवा भन्सार कार्यालयद्वारा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

पार्टीका उम्मेदवारलाई जिताउन जिल्ला सभापतिहरूलाई कांग्रेसको परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनमा पार्टीलाई

सिङ्गा तातोपानीमा बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी