१० भदौ २०८३, बुधबार | August 26, 2026

कतारविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै



काठमाडौं । एसिसी प्रिमियर कप समूह ‘ए’ को अन्तिम खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेपछि कतारका कप्तान मोहम्मद रिजलानले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।

समूह ‘ए’बाट आफ्नो अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको नेपाल आजको खेलमा विजयी भए समूह विजेता बन्नेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले र दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गर्दा साउदी अरेबियाबीचको तेस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

यता, यसअघिका तीनवटै खेलमा हार बेहोरेको कतारका लागि भने यो प्रतिष्ठाको खेलमात्र हुनेछ । कतार पहिलो खेलमा ओमानसँग ४० रनले, दोस्रो खेलमा साउदी अरेबियासँग सात विकेटले र तेस्रो खेलमा मलेसियासँग तीन विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ९ : ०४ बजे

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार