१६ असार २०८३, मंगलबार | July 1, 2026

कतारविरुद्ध पनि नेपालको खराब सुरुवात, चार ओभरभित्र गुमायो दुई विकेट



काठमाडौं । एसिसी प्रिमियर कपको समूह चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा कतारविरुद्ध पनि नेपालले सस्तैमा पहिलो विकेट गुमाएको छ ।

नेपालले चार ओभर चल्दै गर्दा दुई विकेट गुमाइसकेको छ । ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए । नेपालका दुवै विकेट कतारका गयान मुनवीराले लिएका छन् । नेपालले चार ओभरमा २ विकेट गुमाउँदा १४ रन जोडेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । कतारले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले ब्याटिङ गरिरहेको हो ।

नेपालले आज प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ ।

आजको खेलमा नेपालले करण केसीलाई विश्राम दिँदै गुलशन झालाई मौका दिएको हो । अपराजित रहेको नेपाली टोली कतारविरुद्ध पनि सहज जितको खोजीमा छ । नेपालले मलेसियालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।

दोस्रो खेलमा ओमानविरुद्ध ८४ रनको जित निकालेको नेपालले वर्षाका कारण साउदी अरेबियासँग भने अंक बाँड्यो । समूह ‘ए’ कै कतारले भने अहिलेसम्म जित हात पार्न सकेको छैन ।

ऊ पहिलो खेलमा ओमानसँग ४० रन, दोस्रो खेलमा साउदी अरेबियाविरुद्ध ७ विकेट तथा तेस्रो खेलमा मलेसियासँग ३ विकेटले पराजित भयो । सेमिफाइनल दौडबाट बाहिरिसकेको कतार अन्तिम खेलमा आयोजक नेपाललाई स्तब्ध पार्ने योजनामा छ ।

समूह ‘ए’ बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका छन् । कतारलाई हराएमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ । समूह ‘बी’ बाट यूएईले सेमिफाइनलको टिकट काटेको छ । यो समूहबाट दोस्रो टोलीको रूपमा आज हङकङ र कुवेतबीचको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ९ : ३३ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी